Ultimate magazine theme for WordPress.

नियम विपरीत बारामा क्रसर उद्योग संचालन, प्रहरी÷प्रशासनदेखी जनप्रतिनिधिसम्म मौन

301

उमेश दुबे
बारा, १५ मंसिर ÷ बाराको विभिन्न ठाउ“हरुमा नियम विपरीत क्रसर उद्योग संचालनमा आएको छ । प्रहरी प्रशासन कै मिलोमतोमा नियम विपरीत क्रसर उद्योग संचालनमा आएको हो ।
मापदण्ड विपरीत क्रसर उद्योग संचालनमा रहेपनि अनुगमन गर्ने निकाय भने मौन रहेका छन् । बाराको निजगढ, फेटा, कचोर्वा लगायत २ दर्जन भन्दा बढी क्रसरहरु नियम विपरीत संचालनमा रहेपनि अनुगमन गर्ने निकाय भनिएको जिल्ला प्रशासन कार्यालय मौन रहेको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले आफ्नो कमाई खाने भाडोको रुपमा क्रसर उद्योगलाई संचालन गर्न दिएको स्थानिय बताउछन् ।
वातावरणमा समेत असर पर्नेगरी संचालनमा आएको उद्योग बन्द गराउनुको साटो प्रहरी÷प्रशासन कै सहयोगमा संचालनमा आएको स्थानियवासीहरु बताउछन् । बन्द गराइएको क्रसर उद्योगहरु निर्वाध रुपमा संचालनमा आएको र राजमार्गको छेउमै संचालनमा आउदा के कति मोटो रकमको चलखेल रहेको बारे सजिलै बुझ्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनाल र जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणी पोखरेललाई प्रति क्रसर वापत लाखौको महिनवारी स्वरुप मोटो रकमको नजराना बुझाए पश्चात मात्र संचालन गरेको क्रसरका कामदारहरु बताउछन् ।
क्रसर संचालन हुदा वरपरका स्थानियवासीले उद्योगबाट निस्केको छारो धुलोका कारण समस्या भएको बताएका छन् । बाराको निजगढमा संचालन रहेको क्रसर उद्योगहरुबाट निस्केको छारो धुलो आखामा पर्दा समस्या थपिएको बताएका छन् । क्रसर उद्योगका कारण आफुहरुलाई समस्या भएपनि प्रहरी÷प्रशासनकै सहयोगमा संचालन भएकोले निरिह बनेर बस्न बाध्य भएको स्थानियवासीहरुले गुनासो गरे । नियम विपरीत बाराको निजगढ स्थित संचालनमा रहेका क्रसर उद्योगहरुलाई प्रहरी÷प्रशासनले बन्द गराउनुको साटो उद्योगहरुलाई संरक्षण दिइरहेको स्थानियवासीहरुले आरोप लगाएका छन् ।
प्रहरी÷प्रशासनको नजरमा क्रसर उद्योग बन्द छन् तर बाराको निजगढ, फेटा, कवही, कचोर्वा लगायतका ठाउ“हरुमा निर्वाध रुपले क्रसर संचालन रहेपनि प्रहरी÷प्रशासन कानमा तेल हालेर बसेका छन् । मोटो रकमको अगाडी प्रहरी÷प्रशासन अन्धो र बहिरो हुने गरेको सुनेको थिए तर यसपालि हेर्न पनि पाएको स्थानियवासीहरुले बताएका छन् । बाराको क्रसर उद्योगहरुबाट निस्केको ढुंगा, बालुवा भारतसम्म पुग्ने गरेको सीमा नाकामा पर्ने आमवा निवासी एक जना सर्वसधारणले गुनासो पोखे ।
नेपाल सरकारले क्रसर उद्योगहरुका लागि नविकरणमा रोक लगाएको बर्षौ बिति सक्दापनि प्रहरी प्रशासनलाई प्रति क्रसरको हिसाबले लाखौ महिनवारी आउनसाथ संचालनमा आएको छ । यता गढिमाई मेलाको नाममा सीमा नाकाबाट व्यापक रुपमा तस्करी बढेको पाइएको छ । शान्ति सुरक्षाको ढकोसला गर्ने प्रमुख जिल्ला अधिकारीले सीमा नाकाबाट हुने तस्करी वापत समेत रकम उठाएको खुलेको छ । गढीमाई मेलामा सीमा नाका तिर कसैको ध्यान नजाने सोचमा छोहडा तस्करहरु संग महिनवारी स्वरुप ३ लाख रुपैया नजराना बुझेको बताइन्छ ।
स्थानिय निजगढ नगरपालिकाका अध्यक्ष सुरेश कुमार खनालले समेत क्रसर उद्योग अवैध रुपमा संचालनमा रहेको स्विकारे पनि मौन हुनु बिडम्बनाको बिषय बनेको छ । स्थानिय जनप्रतिनिधि, प्रहरी प्रशासन र जिल्लाका ठेक्का लिएका प्रहरी प्रशासन प्रमुखहरुकै सहभागितामा अवैध तरिकाले क्रसरहरु संचालनमा रहेपनि मौन हुनु प्रदेश प्रमुख र गृह मन्त्रालयकै सेटीङ रहेको तिर औला उठ्न थालिएको छ । तसर्थ ः माथिल्लो निकायले यसतर्फ ध्यान नदिए सेटीङ नै रहेको बारे प्रष्ट हुन्छ ।

Leave A Reply

Your email address will not be published.