Ultimate magazine theme for WordPress.

निजगढ—काठमाण्डौ द्रुतमार्गको कार्य तिब्र गतिमा, कुनै अवरोध नभए समयमै काय्र्र सम्पन्न हुने सेनाको दावी

210

उमेश दुबे
पर्सा, ११ मंसिर ÷ बाराको निजगढ देखी काठमाण्डौ जोडिने द्रुत मार्गको कार्य तिब्र रुपले अगाडी बढिरहेको छ । निर्माणको निम्ति ठेक्का लिएका नेपाली सेना दिन÷रात कार्यल्ाँई तिब्रता दिएको हो ।
निजगढ—काठमाण्डौ द्रुत मार्ग निर्माणको लागि नेपाली सेनाले करिब १ खरब ५० अरब लागतमा निर्माणको जिम्मा लिएको र समयावधि भित्र कार्य सम्पन्न गरिने सरोकारवालाहरु बताउछन् । नेपाली सेनाले निर्माणको निम्ति ठेक्का लिनसाथ कार्यलाई तिब्रता दिएको बताइन्छ । करिब १ बर्षको कार्य अवधिमा १० कि.मि. मा ४ लेनसम्म माटो पुरिएको नेपाली सेनाले जनाएको छ । स्थानियवासीको भनाई अनुसार नेपाली सेनाले जिम्मा लिएको ४ बर्ष भित्रै कार्य सम्पन्न हुने बताउछन् । दिन÷रात नेपाली सेनाले निर्माणको कार्यमा जुटेको र आउने ४ बर्ष भित्र कार्य सम्पन्न हुने सुनि स्थानिय जनताहरुमा खुसीयाली छाएको बताउछन् । नेपाली सेनाले जिम्मा पाएको द्रुत मार्गको कार्य तिब्र गतिमा भइरहेको स्थानिय बताउछन् ।
काठमाण्डौको खोकनबाट निजगढ हुदै तामागढी सम्म जोडिने उक्त निजगढ—काठमाण्डौ द्रुत मार्ग सडक ७६ कि.मि. रहेको नेपाली सेनाले जनाएको छ । निर्माण भइरहेको द्रुत मार्गको प्रति लेन ३.७५ मिटर चौडाई रहेको र ४ लेनको सडक निर्माण भइरहेको जनाईएको छ । द्रुत मार्गमा पर्ने गंगटो देखी रातो माटीसम्म १.३७ कि.मि. सुरुङ बनाउने कार्यको योजना रहेको छ भने उसको उचाई ५.५ मिटर रहेको र चौडाई ९.५ मिटर रहेको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाले जनाए अनुसार ७६ कि.मि.को सडकको कार्यको लागि १० वटा मेजरको कमाण्डमा टोली खटाइएको जनाएका छन् । सडकमा पर्ने बन जंगलका रुखहरुको काटन सम्पन्न भएको र यो कार्य एसियन हाईवे प्राइमरी क्लास ए स्वरुप हुने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको यस आयोजनामा सेना लागि परेको र दिन÷रात खटेर कार्यलाई तिब्रता दिएको प्रयोग हुने टिपरका चालकहरु बताउछन् । बिहान ६ बजेदेखी रातीको १२ बजेसम्म यस योजनामा काम भइरहेको चालक बताउछन् ।
करिब ३ दसक पुरानो आयोजना रहेको द्रुत मार्ग नेपाली सेनाले जिम्मा लिनसाथ धमाधम कार्यलाई तिब्रता दिइएको बताइन्छ । भारत सरकारले निर्माण कार्यलाई अगाडी नबढाउदा स्थानियवासीले नेपालकै लगानीमा बनाउन पर्छ भन्दै अभियान चलाएको स्थानियवासीहरुले बताएका छन् । काठमाण्डौ, ललितपुर, मकवानपुर र बारा गरी ४ वटा जिल्ला हुदै सडक निर्माण गर्नुपर्ने बताइएको छ । द्रुत मार्ग हुदै ६२ जना स्थानियवासीहरु काठमाण्डौसम्म पुगी त्यसबेलाका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाललाई ध्यानाकर्षण, बिज्ञप्ति सहित बुझाइएको स्थानियवासीहरु बताउछन् । नेपाली सेनाले कार्य गरिरहेको फास्ट ट्रयाकको कार्य द्रुत गतिमा गरिरहेको र समायवधि भित्र कार्य सम्पन्न गरिने स्थानियवासीको बिश्वास रहेको बताउछन् । यो कार्यले गर्दा मधेस र काठमाण्डौको जनताहरु बिच रहेको दुरी मेटिने बिश्वास स्थानियवासीको रहेको छ ।
निजगढ—काठमाण्डौ द्रुत मार्ग सडकमा सानो—ठुलो गरी २ सय ९९ वटा पुलहरु रहेको छ भने पुलहरुको कार्य अब शुरु गरिने नेपाली सेनाले जनाएको छ । द्रत मार्गको निजगढ र खोकना गरी २ ठाउ“मा टोल प्लाजा राखिने जनाइएको छ । निर्माण भइरहेको ७६ कि.मि.को द्रुतमार्गमा ४ देखी ५ लेयरसम्म हाइवे पिच हुने भएको र प्रति घण्टा ६० देखी १२० कि.मि.को यात्रा गरिन सकिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.