Ultimate magazine theme for WordPress.

देशलाई बिखन्डन तर्फा धकेल्दै शिर्ष दल : उपध्य्क्ष गदी

201

बिरगंज ,पुष १० : आज बिरगंज स्थित संघिय समाजबादी फोरम नेपाल पार्टी कार्यालयमा पार्टी प्रवेश काय्रक्रमको आयोजना गरिएको थियो | विभिन्न दलका नेता कार्यकर्तालाई प्रवेश गराउन राखिएको सो कार्यक्रममा शिर्ष तीन दलका ५० जना भन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेका छन् |

पार्टी कार्यालय पर्सामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि संघिय समाजबादी फोरम नेपालका राष्ट्रिय उपध्य्क्ष लाल बाबु राउत गदी रहनु भएका थिए भने विशिष्ट अतिथि संघिय समाजबादी फोरम नेपाल पर्साका अध्यक्ष् पर्दिप यादव रहनु भएका थिए |

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा फोरम नेपालका राष्ट्रिय उपाध्य्क्ष लाल बाबुराउत गदीले तीन दलको खोक्लो रणनीतिको चर्को आलोचना गरे सरकार र प्रतिपक्क्ष संग ठोस कदम नहुँदा देश विखण्डन तर्फा धकल्ने काम भएको जनाए  , उनले भने कि अब मधेश र मधेशी जन्ताले शिर्ष दलको सबै खेल बुझी सकेको छ र मधेश को अधिकार संग भईरहेको राजनीतिक खेलवाड को खमयाजा शिर्ष दलले खेप्नु पर्ने बताए | संगै आज पार्टी पर्वेश कार्यक्रममा सहभागी भएका सबै नेता कार्यकर्तालाई टिका लगाई  स्वागत गरेका थिए |

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि संघिय समाजबादी फोरम नेपाल पर्सा अध्यक्ष् प्रदिप यादवले सम्पूर्ण नवपरवेशी नेताहरुलाई स्वागत गर्दै भने आफ्नो मांग सम्बोधन नभए सम आफुहरु र आफ्नो पार्टी पछि नहट्ने र बिना संसोधन पर्स्ताव परिमार्जित गरि लाइएमा आफु सदन देखि सडक सम पूर्ण थप पर्ने सचेत गराउनु भयो | एमाले को सन्दर्भमा बोल्दै अध्य्क्ष यादवले भने कि एमालेले मधेशी को नाममा मंगेको को भोट आज मधेशी जनतालाई साप भएको जस्तो भयो एमालेले मधेशी जनताको विश्वास गुमाएको मात्रै न भई देशमा विभेद बिखन्डन समेत पैदा गरेको बताए |Image may contain: 25 people, people standing and outdoor

पार्टी प्रवेश कार्यक्रममा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य एवं मधेसी मुक्ति मोर्चाका केन्द्रीय सदस्य अशोक यादव ,माओबादी केन्द्रका नेता ध्रूप राए भर ,दोस्मोहमद मिया ,रितेश यादव , त्यसै नेपाली काँग्रेसका गाविस पचरुखी सदस्य पास्पत राम ,तुलसी राम , एमालेका छेत्रीय नेता मंबोद यादव ,नगेन्द्र यादव ,अफ्रोज मिया लगायत नेता आफ्ना कार्यकर्ता लिएर पर्वेश गरेका छन् |

 

नव्पर्वेसी नेता अशोक यादव अनुसार माओबादी आफ्नो सिधान्त बाट भत्केका कारण माओबादी माथि अब कसैको विश्वास नरहेको भने र अईले बिगत १२ वर्ष देखि आफ्नो अधिकारको लागि उपेन्द्र यादव आदिक रहेको भन्दईमा हाम्रो विश्वास रहेको बताए |

कार्यक्रममा समाजबादी युवा फोरम नेपालका केन्द्रीय सदस्य सुशील शाह कानु ,समाजबादी बिधार्थी फोरम का केन्द्रीय सदस्य निखिल बरनवाल , युवा नेता असलम आलम , सामाजिक अभियन्ता मुना गिरि , पेसागत प्रमा कुमार लगायतको उपस्तिथी रहेको थियो |

 

कार्यक्रमलाई संघिय समाजबादी फोरम नेपालका मधेश प्रदेश सचिव सलौदीन अहमद ले संचालन एवं सहजीकरण गरेका थिए |

Leave A Reply

Your email address will not be published.