Ultimate magazine theme for WordPress.

दुर्घटनामा परि मोटरसाइकल चालक घाइते

139

पर्सा, ७ माघ / पर्साको प्रतिमा चौक नजिकै सवारी दुर्घटनामा परि एक जना घाइते भएका छन । बा ४ ख ७३९० नम्बरको बस मोटरसाइकलमा ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका हुन ।
बिरगंजको बसपार्कबाट पथलैयातर्फ जाँदै गरेको बस मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएको मोटरसाइकल चालकलाइ उपचारको निम्ति प्रभु अस्पतालमा लगिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ भने ठक्कर दिने बस र चालकका साथ साथै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । घाइते भएको मोटरसाइकल चालकको नाम समेत खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.