Ultimate magazine theme for WordPress.

थुना मुक्त गराई दिन्छु भन्दै रकम ठगी गर्ने अली पर्सा प्रहरीको फान्दामा

364

उमेश दुबे
पर्सा, १३ फल्गुन ÷ सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धामा पक्राउ परेको अभियुक्तलाई छुटाई दिन्छु भन्दै रकम ठगी गर्ने हुसेन पर्सा प्रहरीको फान्दामा परेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी महम्द सम्साद अलीलाई, अभियुक्तको अभिभावक संग रकम ठगेको अभियोगमा पर्सा प्रहरीले पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी सदाम हुसेनलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धामा असोज २० गते पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्त हुसेनलाई छुटाई दिने भन्दै उनका अभिभावक संग ४० हजार रकम ठगेको अभियोगमा छपकैया निवासी महम्द सम्साद अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीको नियन्त्रणमा रहेका अली माथि सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धा दर्ता गरी कारवाही अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.