Ultimate magazine theme for WordPress.

तस्कर सङ साटघाट गरेको आरोपमा २ वटा सस्त्र प्रहरी निरीक्षक कारवाहिमा

366

वीरगंज,१९माघ । तस्करी गर्न तस्करलाई सहयोग गरेको आरोपमा सशस्त्र प्रहरी बल रुद्र बाहीनी २ नम्बर प्रदेशले दुईजना सशस्त्र प्रहरी निरीक्षकहरुलाई पर्सा जिल्लाबाट बाहीनीमा तानेको छ । नेपाल भारतको सीमाबाट तस्करी गर्नको निम्ति तस्करलाइ सहयोग गरेको आरोपमा दुई जना सस्त्र प्रहरी निरीक्षकलाई तानिएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण अन्तर्गत रहेका सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिष्वाका सशस्त्र प्रहरी निरीक्षक चुनराज थापा र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी निरीक्षक ओमराज बानीयालाई आवश्यक सोधपुछका लागी बाहीनी तानीएको सशस्त्र प्रहरी बल रुद्र बाहीनी २ नम्बर प्रदेशका प्रमुख डिआईजी प्रवीण कुमार श्रेष्ठले बताउनु भयो ।
यही माघ १३ गते आईतबारका दिन सशस्त्र प्रहरी बल रुद्र बाहीनी २ नम्बर प्रदेशले वीरगंजको तिलावे पुल नजिकबाट धान बोकेको ट्रयाकटरमा लुकाएर ल्याइएको ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको थियो ।
सशस्त्र प्रहरी बल रुद्र बाहीनी महोत्तरी २ नम्बर प्रदेशबाट खटिएको सादा पोशाकका प्रहरीले ना २ त १६४८ नम्बरको ट्रयाक्टरमा धानको बोराले छोपेर ल्याउँदै गरेको ५० बण्डल कपडा तिलावे पुल नजिक पदम रोडबाट बरामद गरेको थियो ।
पर्साको मिर्जापुर बाट वीरगंज आउदै गरेको ट्रयाक्टरमा माथी धान र तल कपडा रहेको विषेश सुचनाका आधारमा चेकजाच गर्दा अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको साडी, कुर्ता सलवार, सर्टिङ सुटिङ, सर्ट पाईन्टका थान कपडा बरामद भएको थियो ।
खुला सिमानाका कारण हुने भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल रुद्र बाहीनी २ नम्बर प्रदेशले कडाईका साथ सक्रिय भएर लागी रहेका बेला आफनै मातहतका बिओपीहरुले तस्करहरु संग साठगाठ गरेर दैनिक लाखौको तस्करीका समानहरु भन्सार छली नेपाल भित्रयाउन थालेको र आफ्नो सङठनको नीति निर्देशनलाइ पालना नगरेकोले सोधपुछका लागि बोलाइएको डिआइजी प्रबिण श्रेष्ठले बताउनु भयो ।उहाले यस अनलाइन सङ कुरा गर्दै अहिलेपनी आफ्नो मातहातका प्रहरीहरू इमन्दार नभए कडा कारवाही गरिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.