Ultimate magazine theme for WordPress.

तस्करी न्यूनिकरण भएको झुठो खबरको पर्दाफास, करिब १ करोड बराबरको लताकपडा बरामद

205

पर्सा, १० चैत्र ÷ बिगत केही दिनदेखी केही अनलाइनहरुमा प्रहरीको सकृयताले तस्करी कार्य ठप्प भएको समाचार गलत प्रमाणित भएको प्रष्ट भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी कार्य सुचारु भएको बिषयमा दुइमत नरहेपनि केही भाडामा चल्ने पत्रकारहरुको कारण स्वच्छ र निष्पक्ष पत्रकारिता गर्ने पत्रकार माथि समेत औला उठने गरेको हो ।
अनलाइनहरु मार्फत जुहारी चलिरहेकै क्रममा सशस्त्र प्रहरीका डिएसपी दिपेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले तस्करी नरुकिएको बिषयमा चरितार्थ समेत भएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका डिएसपी दिपेन्द्र थापाको कमाण्डमा खटिएको टोलीले आइसिपी हुदै नेपाल भित्रिएको एक ट्रक लताकपडा बरामद गरेका हुन । नेपाल र सशस्त्र प्रहरीको साथ साथै आइसिपीका कर्मचारीहरुको सहयोगमा समेत भइरहेको तस्करी कार्यको बिषयमा यस घटनाले चरितार्थ गरेको छ ।
बिगत केही महिनादेखी आइसिपी हुदै सेटिङमा तस्करी भइरहेको बिषयमा सूचना आउनसाथ स्कवाड टोलीको प्रमुखको जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायब उपरीक्ष्ँक दिपेन्द्र थापाले करोडौ मुल्य बराबरको कपडा सहित एउटा ट्रक बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । आइसीपि हुदै नेपाल भित्रिएको कपडा सहितको ट्रक अवाश्यक अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया लगिएको जनाइएपनि थप बिस्तृत विवरण आउन बाकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.