Ultimate magazine theme for WordPress.

तस्करीको मालसमान स्कटिङ्ग गर्ने सशस्त्र प्रहरी नायब निरीक्षक मन्डल माथि कारवाहि प्रक्रिया सुरू

151

बारा, ३१ जेष्ठ / बाराको छतवा नाका हुदै तस्करीको मालसमान स्कटिङ्ग गर्ने सशस्त्र प्रहरी नायब निरीक्षक दसै मन्डल माथि कारवाहि प्रक्रिया सुरू भएको छ । तस्करीको मालसमानलाइ बढावा दिने बोर्डर आउट पोस्ट छ्तवाका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक दसै मन्डलले तस्करी गराउदै आएको भिडियो सार्वजनिक भएपछि कारवाहि प्रक्रिया सुरू गरिएको हो ।

बाराको छतवा नाकाबाट बढ्दै गएको तस्करीलाइ नियन्त्रण गर्नुको साट्टो सशस्त्र प्रहरीले स्कटिङ्ग समेत गर्ने गरेको बिशेष सूचना पाउनसाथ स्थलगत समाचार संकलन गर्नको निम्ति यस अनलाउनबाट पत्रकार दुबेको नेतृत्वमा खटिएको दुइ जनाको टोलिलाइ देख्नसाथ स्कटिङ्गमा खटिएका सशस्त्र प्रहरी सहित तस्कर फरार भएका थिए । नेपाल र भारतको सीमा नजिकै रहेको सशस्त्र प्रहरी पोस्ट नजिकै भएको उक्त घटना प्रमानित हुनसाथ कारवाहिको निम्ति सशस्त्र प्रहरी नायब निरीक्षक दसै मन्डललाइ बाहिनि तानिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

बिगत लामो समयदेखि संगठनको निति निर्देशनलाइ खिल्लि उडाउदै आफ्नो वर्दिलाइ कमाइ खाने भाडो बनाएका सशस्त्र प्रहरी नायब निरीक्षक दसै मन्डललाइ कारवाहिको निम्ति बाहिनि तानिएको डिआइजि मगरले बताउनु भयो । उहाले तस्करीमा सन्लग्न रहेको नरहेको बिषयमा छानबिन गरिने र दोषी पाए बिभागिय कारवाहि गर्नबाट पछि नहटने समेत ठोकुवा गर्नुभयो । छतवा नाका हुदै सकिल, चन्दन, मुरारी, छोटेलाल, बासुदेव, रामायोध्या, सिकेन्द्र, श्यामसुन्दर, मदन, भोला लगायत दर्जनौ तस्कर समुह तस्करी गर्न सक्रिय रहेका थिए ।

स्थानीयले तस्करीको बिषयमा जनगुनासो अनलाइनलाइ खबर गर्नसाथ स्थलगत समाचार संकलन गर्न गएका पत्रकारको टोलिले यस्तो रहस्य उजागर गरेको थियो । तस्करीलाइ बढावा दिने र स्कटिङ्ग गर्ने सशस्त्र प्रहरी नायब निरीक्षक दसै मन्डल माथि कारवाहि हुने हो कि होइन हेर्न बाकि नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.