Ultimate magazine theme for WordPress.

डि.आई.जी श्रेष्ठको आग्मन संगै तराईको बिभिन्न जिल्लाहरुबाट तस्करी ठप्प

1,466

उमेश दुबे
पर्सा, १३ मंसिर ÷ प्रदेश नं. २ मा सशस्त्र प्रहरीका डि.आई.जी प्रविण श्रेष्ठको आग्मनसाथ तराईको विभिन्न जिल्लाहरुबाट तस्करी ठप्प भएको छ । प्रदेश नम्बर २ मा पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा लगायतका सिमाना नाकाहरुबाट तस्करी ठप्प भएको हो ।
सशस्त्र प्रहरी बल मुख्यालय नम्बर २ बाहिणी, बर्दिवाशमा डिआईजी प्रविण श्रेष्ठको आग्मनसाथ निति निर्देशन विपरीत कार्य गर्ने जो कोहीलाई कानुनको दायरा भित्र ल्याउने आदेश गरे .पश्चात तराईको अधिकांश जिल्लाहरुबाट तस्करी ठप्प भएको छ । नेपालकै आर्थिक नगरी भनेर चिनिने वीरगंज लगायत बारा, पर्सा, रौतहट सबै जसो नाका ठप्प भएको छ ।
नेपाल र भारतको सीमाना नाकामा खटिएका सशस्त्र प्रहरीलाई आफ्नो इमन्दारीता छोडे कानुनको दायरामा ल्याउने बताउनु भयो । आफ्नो संगठनको निति निर्देशन विपरीत कार्य गर्ने जो कोहीलाई नछोडने बताउनु भयो । विगतको दिनहरुमा के भयो, कसरी भयो त्यो आफुलाई जानकारी नभएको तर मेरो कार्यकालमा कसैले पनि बदमाशी गरे कारवाही गरिने डिआईजी श्रेष्ठले बताउनु भयो ।
सशस्त्र प्रहरी बल मुख्यालय नम्बर २ बाहिणी, बर्दिवाशमा डिआईजी प्रविण श्रेष्ठको आग्मन र निर्देशन हुनसाथ नेपाल र भारतको सिमामा रहेका सशस्त्र प्रहरीहरु निगरानी बढाएका छन् । सशस्त्र प्रहरीको निगरानी बढनसाथ नेपाल र भारतको सिमाना नाकाबाट तस्करी गर्ने तस्करहरु पलायन हुदै गएका छन् ।

Leave A Reply

Your email address will not be published.