Ultimate magazine theme for WordPress.

डिआईजी श्रेष्ठको सेवा अवधि थपिएसंगै, विफल पार्ने प्रयास

175

उमेश दुबे
पर्सा, ११ असार ÷ सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थपिएपनि विफल पार्ने प्रयास भइरहेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नम्बर ७ बाहिनीका बाहिनीपति श्रेष्ठको सेवा अवधि एक वर्ष थप गरेस“गै भावी महानिरीक्षक(आईजीपी) बन्ने बाटो खुल्नसाथ षडयन्त्रकारीहरुले विफल पार्ने प्रयास गर्न लागेका हुन ।
सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चार÷चार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ । सोही नियमावलीअनुसार सरकारले डीआईजी श्रेष्ठको सेवा अवधि थप गरेको हो ।
एक वर्ष सेवा अवधि थपसंगै डीआईजी श्रेष्ठ १९ वैशाख २०७९ मा सशस्त्रको नेतृत्वमा पुग्ने छन् । २७ कात्तिक २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका उनी २६ कात्तिक २०८२ सम्म सशस्त्रको नेतृत्वमा रहनेछन ।
यता सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थपिए संगै विभिन्न आरोप प्रत्यारोप लगाउने गरेको उजागर भएको छ । २ नम्बर बाहिनीका साथ साथै ७ नम्बर बाहिनीमा समेत आफ्नो नाम चिनाउन सफल भएका डिआईजी श्रेष्ठलाई बिभिन्न संचार माध्यमको माध्यमले प्रतिद्वन्दीहरुले विफल पार्ने प्रयास गरिरहेको श्रोतको दावी रहेको छ ।
डिआईजी प्रविण श्रेष्ठले आफ्नो कार्यकालमा आफ्नो संगठन प्रति इमान्दार भई आफ्नो काम कर्तव्य र संगठनको नीति निर्देशन अनुसार कार्य गर्दै आइरहेपनि अहिलेको परिवेशमा श्रेष्ठलाई बदनाम गर्ने प्रयास भइरहेको बिभिन्न संचार माध्यमहरुमा छर्लङ देख्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.