Ultimate magazine theme for WordPress.

डिआईजी पालको घुमुवालाई संरक्षण गर्नको निम्ति पत्रकारले लिए मासिक २ हजार

1,354

उमेश दुबे
पर्सा, २७ बैशाख ÷ बारा र पर्सा जिल्लाको बिभिन्न नाकाहरुबाट तस्करी गराउन र तस्करी वापत रकम उठाउनको निम्ति डिआईजी हरिबहादुर पालले घुमुवा परिचालन गरेका छन् । डिआईजी पालले घुमुवा परिचालन गर्नसाथ बारा र पर्सा जिल्लाबाट तस्करी कार्य फस्टाएको हो ।
शान्ति सुरक्षाको नाममा खटिने गरेको नेपाल प्रहरी संगठनकै निति निर्देशन विपरीत प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी हरिबहादुर पालले घुमुवा खटाई रकम असुली गराइरहेको बुझिएको छ । केही महिना अघि डिआईजी पालले घुमुवामा प्रहरी नायब निरीक्षक सागर राणाको नेतृत्वमा टोली खटाइएको र टोलीको माध्यमले रकम उठने गरेको बिभिन्न संचार माध्यममा आएको कुरा सर्वविधितै छ । बिभिन्न समाचार माध्यममा डिआईजी पालको पर्दाफास हुनसाथ आईजीपि सर्वेन्द्र खन्नालले घुमुवामा खटिएका प्रहरी नायब निरीक्षकलाई नसिहत समेत दिएको प्रहरी श्रोतले जनाएको छ ।
आईजीपि सर्वेन्द्र खन्नालले नसिहत दिई फर्काएका प्रहरी नायब निरीक्षक सागर राणा आफ्नो निकटका तस्कर सङ मोटो रकम असुली डिआइजी पाललाइ नजराना चढाइ टेन्डर प्रक्रिया अनुसार पुन ः दोश्रो पटक इलाका प्रहरी कार्यालय जितपुरमा आउन सफल भए । तस्कर संगठन लगायत ट्रान्सपोर्ट संचालकहरु संग डिआईजी पालको नामले रकम उठे पश्चात एक महिना मौन भए । तर दोश्रो महिनामा ट्रान्सपोर्टका संचालकहरु डिआईजीको नामले रकम नबुझाउदा इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक सागर राणाले ट्रान्सपोर्टका गाडी पक्राउ गरेको, प्रहरी श्रोतले बताए । श्रोतले बताए अनुसार इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी नायब निरीक्षक सागर राणाले ट्रान्सपोर्टको गाडी नियन्त्रणमा लिदा करिब १५ दिनसम्म कुनै ट्रान्सपोर्टको गाडीमा तस्करीको समान लोड नभएको बताए । १५ दिन पश्चात सबै ट्रान्सपोर्टबाट डिआईजी पालको नामले रकम जम्मा भए पश्चात पुन ः कार्य सुचारु भएको आफ्नो नाम नछाप्ने सर्तमा बताए ।
ट्रान्सपोर्टको मान्छेहरु इलाका प्रहरी कार्यालय जितपुरमै गई रकम दिने गरेका छन् भने सीमाबाट रकम उठाउनको निम्ति दुई जना प्रहरीलाई परिचालन गरिएको छ । प्रहरी हवलदार जितेन्द्र महतो नुनिया र प्रहरी जवान पारमा यादवलाई रकम उठाउनको निम्ति सीमा नाकामा खटाइएको बताइएको छ । बारा र पर्साका तस्करहरु संग मोटो रकमको नजराना बुझे पश्चात केही बरिष्ट पत्रकारहरुलाई समेत महिनवारी स्वरुप रकम दिने गरेको बताइएको छ । आफुलाई पण्डित ठानिने केही रकमको लोभमा क्रिश्चन धर्म अपनाइसकेका पत्रकारलाई मासिक २ हजारको दरले दिने गरेको बताए । संचार माध्यमले संरक्षण गर्ने उदेश्यका साथ उनलाई मासिक २ हजारको दरले दिने गरेको प्रहरी श्रोतले बताएका छन् । डिआईजी पालले खटाएका प्रहरी हवलदार नुनिया र प्रहरी जवान परमा यादवले तस्करहरुलाई थर्काउनको निम्ति एक चोटी मालसमान पक्राउ गर्ने अर्को दिन महिनवारी स्वरुप लाखौ बुझने गरेको तस्करहरुले नै बताउछन् ।
तस्कर श्रोतले जनाए अनुसार आफु संग ३ लाख रुपैया लिएको तर भोलि पल्ट नै मेरो मालसमान पक्राउ गर्यो । पक्राउ गरे पश्चात यसपछि आफ्नो टोली तिम्रो मालसमान पक्राउ गर्न आउदैन भन्दै खाजा खर्चको लागि २ हजार रुपैया लिएर गयो । उनले आफु संग प्रहरी हवलदार जितेन्द्र महतो नुनियाले रकम बुझी लगेको आफ्नो नाम नछाप्ने सर्तमा बताए । डिआईजी पालको लाइन मिले पश्चात मात्र जिल्ला प्रहरी कार्यालयले लाइन दिने गरेको बताए ।
डिआईजी हरिबहादुर पालले एक जना तस्कर समन्वय नगरे युनिट इन्चार्जलाई तानिने र कारवाही गरिने गरेको बताइएको छ । तर आफ्नै टोलीले रकम असुलीमा व्यवस्त हुदा कारवाही नगर्नु ठूलै टेण्डर रहेको बारे प्रष्ट पार्दछ । प्रदेश नम्बर दुईका प्रहरी प्रमुखको रुपमा रहेका हरिबहादुर पालले खटाएका सादा पोशाकको टोली माथि कारवाही नगर्नु गम्भीर बिषय बनेको छ । तसर्थ ः यस बिषयमा नेपाल प्रहरी संगठनकै प्रमुख सर्वेन्द्र खन्नालको यसतर्फ ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.