Ultimate magazine theme for WordPress.

डिआईजी पालको आदेशलाई धज्जि उडाउदै भन्सारमा बुझाउने केराउ जिल्ला प्रहरी कार्यालयमा थन्किदै

530

उमेश दुबे
पर्सा, ७ माघ ÷ नेपालबाट अवैध तरिकाले भारतसम्म पुग्ने केराउ प्रहरीले नियन्त्रणमा लिएपनि भन्सारमा नबुझाई जिल्ला प्रहरी कार्यालय पर्साको परिसर भित्र राखिएको छ । प्रहरीहरुलाई मोटो रकमको नजराना बुझाए पश्चात तस्कर संगठनहरुले ट्रककै माध्यमले भारतसम्म पु¥याउने गरेको केराउ प्रहरीले नियन्त्रणमा लिएपनि कारवाहीको लागि भन्सार कार्यालयमा नबुझाउनु बिडम्बनाको बिषय बनेको हो ।
बिगतका दिनहरुमा प्रहरीहरुलाई मोटो रकमको नजराना बुझाए पश्चात सीमा वारीपारी गर्न सजिलो रहेको थियो भन्दै श्रोतले बताए । प्रहरीहरुलाई मोटो रकमको नजराना दिए पश्चात आफुहरु सीमा वारीपारी गरिरहेको एक जना व्यपारीले बताए । वीरगंजबाट ट्रकको माध्यमले गोदामसम्म लग्ने गरेको र गोदामबाट भारतसम्म ट्रयाक्टरको माध्यमले लग्ने गरेको बताए । नेपाल प्रहरीलाई मिलाउनको निम्ति एक जना विचको मान्छेलाई मिलाई माथिल्लो निकायसम्म रकम दिने गरेको बताए । मिलाउने मान्छेलाई समेत महिनवारीको रुपमा केही नजराना दिदै आएको बताए ।
करिब ३० टन तस्करीको केराउ बोकेका ट्रकले बिगत एक महिना अगाडी पर्साको बहुअर्वा र गर्दौलको बिचमा टेम्पोमा ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको थियो । ना ६ ख ७२८२ नम्बरको ट्रकमा केराउ लोड गरी भारत लग्न खोज्दा भारततर्फ निकासी हुन नसक्दा फर्केर आइरहेको ट्रकले टेम्पोमा ठक्कर दिदा घटना स्थलमै एक जना महिलाको मृत्यु भएको थियो । घटनास्थलमा पुगेका प्रहरीहरुले छानबिन गर्दा भारततर्फ लगिरहेको ट्रक छिर्न नसक्दा फर्किरहेको ट्रकले ठक्कर दिएको बताइएको थियो ।
महिनवारीको रुपमा लिएको मोटो रकमको नजराना पचाउनको निम्ति प्रहरीले भन्सार कार्यालयमा नबुझाई जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा राखिएको बताइएको छ । एक जना प्रहरी श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको मोटो रकमको नजराना बारे भण्डाफोर हुने डरले भन्सारमा नबुझाइएको बताए । आफ्नो नाम नछाप्ने सर्तमा प्रहरी श्रोतले क्राइम टोलीदेखी माथिल्लो निकायसम्म लाखौको महिनवारी तस्करले दिने गरेको र रकमकै भरमा अनुसन्धानको लागि भन्सार कार्यालयमा नपठाएको बताए । बिगत केही महिना अगाडी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले २ ट्रयाक्टर केराउ पक्राउ गरी भन्सार कार्यालयमा बुझाएपनि हाल पक्राउ गरिएको केराउ भन्सार नबुझाउनु ठूलै रकमको चलखेल रहेको प्रष्ट पार्दछ ।
एकातिर प्रहरी संगठनका प्रमुख सर्वेन्द्र खन्नालले तस्करी, अपराधिक गतिविधि लगायत कमि आएको बताएपनि तस्करीको कार्य दिनप्रति दिन फस्टाउदै गएको हेरिएको छ । हालको समयमा ट्रकको माध्यमले तस्करी भइरहेको बारे यसैले प्रष्ट पार्दछ । प्रदेश नं. २ का डिआईजी हरिबहादुर पालले केराउलाई भन्सार कार्यालयमा बुझाउन निर्देशन दिएपनि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले आफ्नो मनोमानी तरिकाले जिल्लाको परिसरमै ट्रक सहित केराउ थन्काएका छन् । तस्र्थः माथिल्लो निकायको यसतर्फ ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.