Ultimate magazine theme for WordPress.

डिआइजी श्रेष्ठको अर्को धमाका : कटुवा पेस्तोल सहित एक जना पक्राउ

409

उमेश दुबे
पर्सा,२२ चैत्र / सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठको निर्देशनमा खटिएको टोलिले कटुवा पेस्तोल सहित एक जना भारतिय नागरिक पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर बताउने २३ बर्षिय रमेश कुमार मण्डल रहेको सशस्त्र प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा भारतबाट नेपाल भित्रिदै गर्दा सशस्त्र प्रहरी बाहिणीबाट सादा पोशाकमा खटाएको विशेष टोलिले पक्राउ गर्न सफल भएको डिआइजी प्रविण श्रेष्ठले जानकारी दिनुभयो । भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा सदा पोशाकको टोलिले पक्राउ गर्न सफल भएको डिआइजी श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.