Ultimate magazine theme for WordPress.

डिआइजी श्रेष्ठको अर्को धामाका: सशस्त्र प्रहरीद्वारा लाखौ बराबरको कपडा बरामद

8,386

उमेश दुबे
पर्सा, ४ बैशाख / बाराको मुसहरवाबाट सशस्त्र प्रहरीले लाखौ बराबरको कपडा बरामद गरेको छ । भारतबाट अबैध तरिकाले नेपाल भित्रयाइरहेको अवस्थामा सशस्त्र प्रहरीले लाखौ बराबरको कपडा बरामद गर्नुको साथै दुइवटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल भित्रायाउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ बाहिणीबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो । बाराको मुसहर्वा गाउपालिका वडा नम्बर ३ मुसहर्वा टोलबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले बताएको छ । ना ४ त ३३२८ र ना १ त ७७६० नम्बरको ट्रयाक्टरको ट्रलिमा लोड गरि ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक भारतको मोतिहारी जिल्ला सिस्वा गाउँ बस्ने मुनिलाल पटेल र जिल्ला पश्चिम चम्पारण तेलहुवा बस्ने नागा यादबलाइ नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
कपडा, ट्रयाक्टर र चालकलाइ नियन्त्रणमा लिइ आवाश्यक कारवाही गरिरहेको डिआइजी प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । डिआइजी श्रेष्ठले बरामद भएको कपडा, ट्रयाक्टर करीब ३७ लाख बराबरको रहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.