Ultimate magazine theme for WordPress.

डिआइजी अर्यालको निर्देशनले तात्यो सीमाका सशस्त्र प्रहरी

5,487

उमेश दुबे
पर्सा, २ माघ / सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ का डिआइजी राजु अर्यालको निर्देशनले नेपाल र भारतको सीमामा रहेका सशस्त्र प्रहरी जागरुक हुन थालिएका छन । डिआइजी अर्यालको निर्देशन आउनसाथ नेपाल र भारतको सीमा स्तम्भको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले सीमाको साथ साथै अपराधी क्रियाकलापमा समेत निगरानी बढाइएको पाइएको हो ।
नेपाल र भारतको सीमामा अतिक्रमण गरेर राखेका जग्गाहरू सशस्त्र प्रहरी बलले खाली गराउनुको साथै सीमामा रातभरी निगरानी बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । तराइको आठवटै जिल्लाका कमान्डरहरूलाइ डिआइजी अर्यालले निर्देशन दिनसाथ सीमाबाट हुने अबैध क्रियाकलापहरू दिनप्रती दिन ठप्प हुँदै गएको हो । सीमामा सशस्त्र प्रहरी बलको निगरानीले तस्करहरूलाई चुनौती समेत खेप्न परिरहेको बताइन्छ ।
तराइको बारा, पर्सा, रौतहट लगायत ८ वट्टै जिल्लाबाट सशस्त्र प्रहरी बलले धमाधम अबैध मालसमानको साथसाथै लागू औषध, हतियार समेत बरामद गर्न थालिएको यस आर्थिक बर्षको कार्यले प्रष्ट पार्दछ । सशस्त्र प्रहरी बल, संगठनका प्रमुख आइजिपी शैलेन्द्र खन्नालले सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएपनि चुनौतीलाई सामना गर्दै सशस्त्र प्रहरी बलले अगाडी बढेको बताइन्छ ।
सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाहिनीका प्रमुख डिआइजी राजु अर्यालले सीमा नाकामा नो म्यान्स लेन्ड बनाउने योजना रहेको बताउनु भयो । डिआइजी अर्यालले यस अनलाइन सङ्ग कुरा गर्दै सीमामा बढ्दै गएको तस्करी लगायत अपराधी क्रियाकलाप न्यूनिकरणको निम्ति नो म्यान्स ल्यान्डलाई झन बिकसित रूपमा बनाउन अनिवार्य देखिएको बताउनु भयो । डिआइजी अर्यालले भारतिय एसएसबी सङ्ग सहकार्य गरि नो म्यान्स ल्यान्डलाइ नमूनाको रूपमा बिकसित गर्दै जाने योजना रहेको बताए ।

Comments are closed.