Ultimate magazine theme for WordPress.

डिआइजी अर्यालको कडा निर्देशनले सिम्रौणगढ नाकाबाट ३५ सय किलोग्राम छुहारा बरामद

630

उमेश दुबे
बारा, २५ कार्तिक / नेपाल र भारतको सीमा नाका हुँदै तस्करी बढे सङ्गै डिआइजीको कडा निर्देशनले भारी मात्रामा बाराको सिम्रौणगढबाट छुहारा बरामद भएको छ । रातीको मौका छोपी तस्कर संगठनले छुहाराको तस्करी गरिरहेको बिशेश सूचनाको अधारमा भारी मात्रामा बरामद गर्न सफल भएको हो ।
सशस्त्र प्रहरी बल, २ नम्बर बाहिनीका प्रमुख डिआइजी राजु अर्यालको निर्देशनमा सशस्त्र प्रहरी नायब उपरीक्षक भरत कोइराला र बोर्डर आउट पोस्ट गोलागन्जबाट सशस्त्र प्रहरी निरीक्षक कबिर मलको कमान्डमा खटिएको टोलिले करीब ३५ सय किलोग्राम छुहारा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । साइकलको माध्यमले नेपालबाट भारततर्फ लगिरहेको बिशेश सूचनाको अधारमा पक्राउ गर्न सफल भएको डिआइजी अर्यालले जानकारी दिनुभयो ।
डिआइजी अर्यालको निर्देशनमा खटिएको सशस्त्र प्रहरी बलको टोलिले सिम्रौणगढबाट भारत जाने प्राय सबै सडकमा अम्बुस थापेर बसिएको र करीब रातिको साढे ११ बजेको समयमा २१ बटा साइकलमा लोड गरि भारततर्फ लगिरहेको अवस्थामा ३५ सय किलो ग्राम छुहारा बरामद गर्न सफल भएका थिए । बरामद गरिएको छुहारा अवाश्यक कारवाहीको लागि भन्सार बुझाइने तयारी गरिरहेको सशस्त्र प्रहरी निरीक्षक कबिर मलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.