Ultimate magazine theme for WordPress.

ट्राफिक प्रहरीकै सहयोग र संरक्षणमा ट्रयाल सेन्टरमा हुन्छ करोडौको भ्रष्टाचार

297

पर्सा, १९ श्रावण / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत रहेका ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडका आफ्नो माथिल्लो निकायलाइ आर्थिक प्रलोभनमा पार्दै ट्रयाल सेन्टरको जिम्मा लिन सफल भएका छन । जिल्ला ट्राफिकमा लेखापालको निम्ति खटिएका प्रहरी सहायक निरीक्षक खडका जिल्ला प्रमुख ट्राफिक प्रहरी निरीक्षक लगायत ट्राफिक प्रहरी उपरीक्षकलाइ समेत आर्थिक प्रलोभनमा पार्दै ट्रयाल सेन्टरको जिम्मा पाउन सफल भएका हुन ।
नारायणी यातायात कार्यालयको सवारी शाखाबाट हुने ट्रयाल सेन्टरमा अकुत सम्पत्ति कमाइ धन्दा चल्ने गरेको कारण लेखापालमा आएका ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडकाले ट्रयाल सेन्टरको जिम्मा पाएका छन । ट्रयाल सेन्टरबाट आउने रकम मध्ये ट्राफिक प्रहरी निरीक्षक र ट्राफिक प्रहरी उपरीक्षकको भागबन्डा ट्राफिक प्रहरी सहायक निरीक्षक खडकाले नै दिने गरेको ट्राफिक प्रहरी श्रोतले जनाएको छ ।
श्रोतले जनाए अनुसार ट्रयाल सेन्टरको जिम्मा ट्राफिक प्रहरी उपरीक्षककै सेवा गर्ने र भागबन्डा मिलाउन सकिनेलाइ नै दिने गरिएको बताए । उनका अनुसार ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडकाले ट्रयाल सेन्टरबाट उठने रकमको बिषयमा जानकार भएकै कारण पटक पटक आफ्नो पावरको प्रयोग गर्दै पर्सा जिल्लामा आउन सफल भएको बताए । ट्राफिक प्रहरी उपरीक्षक नान्तिराज गुरूङ्ग लगायत ट्राफिक प्रहरी निरीक्षक ध्रुव प्रसाद दहाललाइ मासिककै दरले ठुलो रकमको भेट चढाएकै कारण लेखापालमा खडका कार्यरत रहेपनि ट्रयाल सेन्टरको जिम्मा पाउन सफल भएको श्रोतले दाबि गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक ध्रुव प्रसाद दहालले ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडका कार्यालयको लेखापाल नै रहेको बताएका छन । उनका अनुसार ट्राफिक प्रहरीलाई सहयोग पुरयाउनको निम्ति खडका ट्रयाल सेन्टरमा खटिने गरेको बताएका छन । ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडका लेखापालको कामकै लागी आएपनि अवाश्यकता अनुसार खटिएको ट्राफिक प्रहरी निरीक्षक दहालले जानकारी दिदै पन्छिन खोज्नु भयो ।
यता ट्राफिक प्रहरीको लागी सवारी ट्रयाल सेन्टर सुन दिने अन्डा झै बनेको छ । सवारी शाखाको ट्रयाल सेन्टरमा ट्रयाल दिने सर्वसधारणहरु संग ट्रयाल पास गराउनको निम्ति प्रति व्यक्ति ३ हजारदेखी ५ हजारसम्म लिने गरेको बताइन्छ । जसका कारण ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडका पटक पटक सवारी शाखाकै ट्रयाल सेन्टरमा पुग्ने गरेको बताइन्छ । ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङकै निर्देशनमा ट्रयाल सेन्टरको जिम्मेवारी लेखापाल खडकालाई दिइएको श्रोतको भनाई रहेको छ ।
यता ट्राफिक प्रहरीकै सहयोग र संरक्षणमा ट्रयाल सेन्टरमा हुदै आएको भ्रष्टाचारको बिषयमा ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङ संग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न । एनि हाउ पैसा कमाउ भन्ने उख्खान झै रकम कमाउन पल्केका ट्राफिक प्रहरी माथि सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.