Ultimate magazine theme for WordPress.

ट्रक र टेम्पो एक आपसमा ठोकिदा घटना स्थलमै एक जनाको मृत्यु, एक घाइते

201

रितेश पटेल
पर्सा, ११ पौष ÷ वीरगंज—पोखरीया सडक खण्डमा पर्ने केहुनिया गाउपालिका वडा नं. २ बहुअर्वा चौक नजिकै ट्रक र टेम्पो एक आपसमा ठोकिदा एक जना महिलाको मृत्यु हुनुको साथै एक जना घानइते भएका छन् । पोखरीयाबाट वीरगंजतर्फ आइरहेको टेम्पो र वीरगंजबाट पोखरीयातर्फ गइरहेको ट्रक एक आपसमा ठोकिदा दुर्घटना हुन पुगेको हो ।
दुर्घटनामा परी पोखरीया नगरपालिका वडा नं. ७ निवासी सबिता खातुनको घटना स्थलमै मृत्यु भएको छ भने पटेर्वा सुगौली गाउपालिका वडा नं. ६ निवासी झपसी हजरा घाइते हुन पुगेको प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार ना.६.ख. ७२८२ नम्बरको ट्रक र ना.२.ह ३४६३ नम्बरको टेम्पो एक आपसमा ठोकिएको बताएका छन् । दुर्घटना हुन साथ ट्रक चालक फरार भएको ट्रक र टेम्पो प्रहरीको नियन्त्रणमा रहेको पर्सा प्रहरीले जनाएको छ । दुर्घटना पश्चात स्थानिय र मृतकका आफ्न्तहरु दोषीलाई कारवाहीको माग गर्दै वीरगंज—पोखरीया सडक अवरुद्ध गरेका थिए ।

Leave A Reply

Your email address will not be published.