Ultimate magazine theme for WordPress.

टिनको तातो छानामुनी बढ्दै आएका विद्यार्थीलाई पंखा सहयोग

89

बारा, ०५, बैशाख
बाराको एक सामुदायिक विद्यालयमा लायन्स क्लब अफ सिमराले पंखा जडान गरिदिएको छ । गर्मि याममा तातो छानामुनी बसेर पढ्न बाध्य जीतपुरसिमरा १ण् अम्बाटारस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि क्लबले १० थान पंखा सहयोग गरेको हो । क्लबका प्रेसीडेन्ट हंकल्पीत नयौपानेले आज एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक सुधामा प्रसाद यादवलाई पंखा हस्तान्तरण गरेका हुन् । कक्षा पाँच सम्म पठनपाठन हुने उक्त बिद्यालयमा कुल तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । २०४४ सालमा स्थापना भएको विद्यालयमा हालसम्म पंखा जडान नहुँदा गर्मी याममा टिनको छानामुनी कष्ठपुर्ण रुपमा पठनपाठन हुँदै आएको थियो । तराईको चर्को घाममा विद्यार्थी तथा शिक्षकलाई समेत समस्या हुनेगरेको भन्दै विद्यालयका प्रधानाध्यापक यादवले लायन्स कलब अफ सिमराले गरेको यो सहयोगले ठुलो राहत मिल्ने बताएका छन् । हामलसम्म विद्युत समेत जडान नगरिएको उक्त विद्यालयमा पंखा वितरण गरेर मात्र छाडीँदा समस्या समाधान नहुने भएपछी कलबले आफै जडान समेत गरेको प्रेसीडेन्ट न्यौपानेले बताए । त्यसका लागि द्रुत रुपमा विद्युत जडान गर्न नेपाल विद्युत प्राधिकरण सिमराका प्रमुख रामु श्रेष्ठले सहजिकरण गरेका थिए । शनिवार समेत कार्यालय सञ्चालन गरि सहिकरण गरेको भन्दै न्यौपानेले कार्यालय प्रमुख श्रेष्ठप्रती विशेष आभार ब्यक्त गरे । पंखा वितरण तथा जडान कार्यक्रममा क्लबका कोषाध्यक्ष राजकुमार लामा, सदस्य मिथिलेस कुमार महतो लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.