Ultimate magazine theme for WordPress.

जोतपुर गाउलाई जिल्लाकै नमुना गाउको रुपमा परिणत गर्ने वडा अध्यक्ष मण्डलको लक्ष्य

294

उमेश दुबे
बारा, १८ जेष्ठ ÷ बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर ५ जोतपुर टोल जिल्लाकै नमुना गाउको रुपमा परिणत गर्ने वडा अध्यक्ष अरुण कुमार मण्डलको लक्ष्य रहेको बताएका छन् । उहाले यस अनलाईन संग कुरा गर्दै बिगतका दिनहरुमा जोतपुर टोल पिछडिएको भएपनि आउने दिनहरुमा मेरो लक्ष्य अनुसार अगाडी बढ्ने बताउनु भयो ।
बाराको फेटा गाउपालिका वडा नम्बर ५ जोतपुर टोललाई कसरी जिल्लाकै नमुना गाउमा परिणत गर्नुपर्छ लक्ष्यका साथ अगाडी बढेको वडा अध्यक्ष अरुण कुमार मण्डलले बताउनु भयो । उहा“ले आफ्नो टोल बिगतका दिनमा धेरै पिछडिएको तर हालको दिनहरुमा सडक, नाला, अस्पताल, कृषि, खानेपानी, सरसफाई लगायतका कार्य गर्नको निम्ति रकम छुटयाइसकेको र कार्यपनि अगाडी बढाएको बताउनु भयो । आफ्नो टोललाई आफ्नै कार्यकालमा नमुना गाउको रुपमा परिणत गर्ने ठोकुवा गर्नुभयो । वडा अध्यक्ष मण्डलले आफ्नो टोलमा हिन्दु र मुस्लिमको जन संख्या करीब करीब बराबर रहेको हुनाले अधुरो रहेको मन्दिर निर्माण र कब्रस्थानको पर्खालको निम्ति समेत रकम छुटयाई निर्माण समेत गरिरहेको बताउनु भयो । वडा अध्यक्ष अरुण कुमार मण्डलले आफुले लक्ष्य राखी काम अगाडी बढाएको र करिब १५ दिन भित्र बर्षायाम अगाडी नै सडक ढलान, ग्रेभलिङ लगायतको कार्य सम्पन्न हुने बताउनु भयो ।
फेटा गाउपालिका वडा नम्बर ५ जोतपुर टोलमा बिगतका दिनहरु बर्षा हुनसाथ आवत जावतमा कठिनाई हुने गरेको तर हालको समयमा बिकासको कार्य अगाडी बढदा सहज हुने गरेको स्थानियवासीहरुले बताएका छन् । स्थानियहरुले वडा अध्यक्ष मण्डल चुनाव जित्नसाथ आफ्नो वडामा बिकासको कार्य धमाधम गराईरहेको बताएका छन् । आफ्नो गाउमा मात्र एउटा सरकारी स्कूल नामको लागि थियो तर वडा अध्यक्ष मण्डलण्को सक्रियताले सरकारी स्कूलको साथ साथै अस्पताल समेत निर्माण हुन लाग्दा खुसी भएको स्थानियहरुले बताएका छन् ।
जोतपुर हुदै आवत जावत गर्ने यात्रीहरु समेत वडा अध्यक्षको कार्यलाई प्रोत्साहन गरेका छन् । जोतपुर टोलमा ढलान हुनुको साथै टोल बाहिर समेत रहेको सडकमा माटो र ग्रेभलिङको कार्य हेरी यात्रीहरु समेत खुसी भएका हुन । बर्षायामको बेला आवत जावतमा मोटरसाइकल, साइकललाई समेत अफयारो हुने गरेको तर हालको समयमा सडक पेटीमा पानी समेत नभेटिएपछि खुसी भएको महसुस गरेका छन् ।
फेटा गाउपालिका वडा नम्बर ५ जोतपुर टोलमा ८३ लाखको लागतमा अस्पताल निर्माण भइरहेको छ भने सडकमा माटो पुरी ग्रोभलिङ, सडक ढलान, शिक्षा, सिचाई लगायतका कार्यको लागि ५६ लाख रुपैयाको लागतमा योजनाहरु सुरु गरिएको वडा अध्यक्ष अरुण कुमार मण्डलले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.