Ultimate magazine theme for WordPress.

जेठमा स्थानीय चुनावः सञ्चारमन्त्री

90

विराटनगर, माघ २  : सूचना तथा सञ्चारमन्त्री राम कार्कीले निर्वाचन आउँदो जेठ स्थानीय चुनाव हुने बताएका छन्। विराटनगर विमानस्थलमा सरकारका प्रवक्ता कार्कीले दलहरुबीच आपसी सहमतिमा स्थानीय चुनावको मिति घोषणा हुने बताए।

मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउँदै उनले मधेशको माग एकै पटकमा पूरा हुन नसक्ने बताए। स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको बताए।

उनले संविधान संशोधन विधेयकबारे संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक पक्ष बताए।

Leave A Reply

Your email address will not be published.