Ultimate magazine theme for WordPress.

जेठभित्रै स्थानीय तहको निर्वाचन: प्रधानमन्त्री

51

काठमाडौँ, फागुन २ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने गरी तयारीमा लागेको बताएका छन्। छैठौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय तहको चुनाव हुने बताए।

प्रधानमन्त्री प्रचण्डले हिमाल, पहाड र मधेशलाई एकतावद्ध बनाएर निर्वाचनमा जान सरकार लागि परेको पनि उल्लेख गरे।

संघीयतालाई विभाजन मात्रै देख्ने दृष्टिकोणका कारण समस्या उत्पन्न भएको भन्दै उनले संघीयतालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए। संघीयता भनेको अधिकारको विकेन्द्रिकरण भएको भन्दै उनले भने, ‘संघीयताको मर्मलाई बुझ्ने सन्दर्भमा हामी कहाँ निकै ठूलो वैचारिक अन्तर छ। एकथरि सोचले अधिकारलाई सिंहदरबार र यसैकै वरिपरि राख्न चाहन्छ। सीमित वर्ग र व्यक्तिमै पहुँचमा राख्न चाहन्छ। तर, हामी जनताको दैलोमा अधिकार लैजाने, उत्पीडितहरुलाई आत्मसम्मानको अनुभूति गराउने र विविधतामा एकतासहित सुदृढ राष्ट्रिय एकता कायम गर्ने संकल्पमा छौं ।’

निर्वाचन संविधानको कार्यान्वयनका लागि मात्रै नभएर तल्लो तहमा अधिकारको प्रत्यायोजन गर्ने, सबैलाई पहिचान र अधिकार दिएर सुदृढ राष्ट्रिय एकता हासिल गर्ने र नेपालको स्वाधीनतालाई अझ बलियो पार्ने कुरासँग पनि सम्बन्धित रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले नागरिकमा सूचनाको पहुँच पु¥याउन र मुलुकमा संघीय गणतन्त्र स्थापना गर्न सामूहिक रेडियोहरुले खेलेको भूमिकाको पनि खुलेर प्रसंशा गरे। उनले परिवर्तनलाई संस्थागत गर्न पनि सामुदायिक रेडियो र सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिए।

Leave A Reply

Your email address will not be published.