Ultimate magazine theme for WordPress.

जबरजस्ती करणी उधोगमा अन्सारी पक्राउ

326

पर्सा, ११ असार ÷ पर्सा जिल्लाको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर १ मा महिला माथि जबरजस्ती करणी गर्ने अंसारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । महिला सुतिरहेको अवस्थामा झयालको माध्यमबाट घरमा प्रवेश गरी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा स्थानीय सुरेन्द्र भनिने अब्दुल्लाह अन्सारीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
पिडितको जाहेरी दरखास्तको अधारमा निज सुरेन्द्र भनिने अब्दुल्लाह अन्सारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । श्रीमान कामको सिलसिलामा घर बाहिर रहेको मौका छोपी सुत्ने कोठाको झयालबाट भित्र प्रवेश गरी २० बर्षिय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अन्सारी माथि जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा पाच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.