Ultimate magazine theme for WordPress.

जनता बैंकको घर दैलो अभियान

271

वीरगंज भदौ १६ / जनता बैंक नेपाल लिमिटेड वीरगंज शाखाले वीरगंजको लक्षमनवामा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । जनता बैंकका प्रदेश २ का प्रमुख महेश शिलवालको नेतृत्वमा घर दैलो कार्यक्रम सम्पन्न गरिएको हो ।
शुक्रवार गरेको घर दैलो कार्यक्रमको अवसरमा बैंकले दिने सेवा सुविधाबारे स्थानिय वासीहरुलाई जानकारी गराउनुका साथै ठुलो मात्रामा ठाउँको ठाउँ बचत खाताहरु समेत खोलिएको थियो । जनता बैंकले हाल मुलुकभर १४३ शाखा कार्यालयहरु, ३ वटा एक्सटेन्सन काउन्टर, १०४ एटिएम र ५० वटा शाखारहित बैंकिङ मार्फत सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको वीरगंज शाखाका प्रबन्धक संतोष कुमार साहले बताउनु भयो ।
कार्यक्रममा वीरगंज १५ का वडा अध्यक्ष गजेन्द्र पटेल, बैंकका कर्मचारीहरु अमृता कण्ठ, अमन बोगटी, सुजन श्रेष्ठ, आसना ढकाल, अन्जिता श्रेष्ठ, मनिषा कुमारी, अमृत श्रेष्ठ, स्थानीय दिपेन्द्र पटेल, देव प्रकाश पटेल, शेष हजरा, राजु पटेल लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.