Ultimate magazine theme for WordPress.

जथाभावी औषधि पसलको वृद्धि, प्रतिबन्धित औषधि खुलेआम बिक्री, नियामक संस्था मौन

57

वीरगंज,  पुस २५ : फितलो अनुगमन तथा करबाई गर्ने निकाय सक्रिय नहुँदा अहिले बिनाइजाजत औषधि पसलको सङ्ख्या वृद्धि हुन थालेको समाचार प्राप्त भएको छ ।
गैरकानुनी ढङ्गले सञ्चालनमा रहेका पसलको निगरानी र कार्यवाही गर्ने निकाय औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगंज निरीह बनेको कारण औषधिमा कालाबजारी फस्टाउनुका साथै उपभोक्ता ठगिनुपरेको उपभोक्ताको गुनासो छ ।
सो कार्यालयले कर्मचारीको अभाव देखाउँदै निरीहता देखाएको छ ।
औषधि पसलहरूलाई कार्यवाही गर्ने कोही पनि नभएको कारण अहिले सीमापारीबाट जैनरिक औषधि भिœयाएर कालाबजारी गर्ने एक दर्जनभन्दा बढी गिरोह सक्रिय रहेको स्रोतले जनाएको छ ।
नगर क्षेत्रलगायत ग्रामीण क्षेत्रका अधिकांश पसल गैरकानुनीरूपमा सञ्चालनमा रहेका छन् ।
औषधि पसल थापेर बस्नेले सीमावर्ती भारतीय बजारबाट जैनरिकका साथै प्रतिबन्धित औषधिसमेत बिक्री वितरण गरिरहेको स्रोतले जनाएको छ । यस विषयमा औषधि व्यवस्था विभाग क्ष्Fेत्रीय कार्यलय वीरगंजका प्रमुख भFग्यनारायण सिंहसँग बुझ्दा आपूm एक्लो निरीक्षक रहेको तथा ३ अञ्चलमा १७ वटा जिल्ला कार्य क्ष्Fेत्र रहेकोले काम गर्न समस्या परेको बताए ।
१७ वटा जिल्लामा करिब तीन हजार ५ सय औषधि पसल र ४० औषधि उद्योग यस कार्यालयको कार्यक्षेत्रको दायरामा पर्दछन् ।
चालू आर्थिक वर्षमा वीरगंज नगर क्षेत्रभित्रका ८२ वटा पसलमा निरीक्षण गरेको बताए ।
कार्यालयमा प्रथम श्रेणीका कार्यालय प्रमुख, दुई निरीक्ष्Fक, एक कम्प्युटर अपरेटरलगायत नौजनां कर्मचारीको दरबन्दी छ । तर द्वितीय श्रेणीका निमित्त कार्यालय प्रमुख, एकजना निरीक्ष्Fक, लेखापाल र खरदारको भरमा कार्यालय सञ्चालन भइरहेको छ ।
जनशक्ति र साधन अभावमा अनुगमन हुन नसकेको निमित्त प्रमुख सिंह बताउँछन् ।
वीरगज उपमाहानगरपालिका, पोखरिया नगरपालिका तथा जिल्लाको ग्रामीण भेगको भिस्वा, जानकीटोल, मनवा, बिरुवागुठी, सुवर्णपुर , सेढवा, महुवन, बिरन्चीबर्वा, परसौनी, पकहा, जितपुरलगायत गाविसमा खुलेआम गैरकानुनी पसल सञ्चालित छन् । तर स्रोतका अनुसार कर्मचारी अभाव देखाउँदै अनुगमन प्रक्रियासमेत नपु¥याई निरीक्षक भाग्यनरायण सिंह व्यवसायीलाई कार्यालयमा बोलाई विभिन्न दोष देखाउँदै रकम माग गर्ने गरेको औषधि व्यवसायीको भनाइ छ । गैरकानुनीरूपमा सञ्चालित पसलको कारण दर्ता रहेका पसलहरू समस्यामा पर्ने गरेको व्यापारीहरूको गुनासो छ ।

Leave A Reply

Your email address will not be published.