Ultimate magazine theme for WordPress.

जग्गा किर्ते प्रकरण : प्रहरीले अनुसन्धान गर्ने

344

उमेश दुबे
पर्सा, ६ श्रावण । भुमिसुधार तथा मालपोत कार्यालय पर्साबाट किर्ते जालसाजी गरेर बीरगञ्ज–५ मुख्य सडकमा होटल मकालु अगाडि सिटी स्कयान सेन्टर रहेको जग्गा सम्बन्धमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख अधिकृत तारानाथ दङ्गालले साउन ४ गते भएको घटना छानबिन गर्नको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा पत्राचार गरिएको र प्रशासनले किर्ते जालसाजीको मुद्दा प्रहरीबाट अनुसन्धान हुने भन्दै सोको जिम्मा लगाएको बताए । अब प्रहरीले यस बारेमा अनुसन्धान गरेर कानुनी कारवाहि अगाडि बढाउँदैछ । सो जग्गा काठमाडैं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीको पत्नी कमला राजभण्डारीको नाममा रहेको बीरगञ्ज महानगरपालिका–५ कित्ता नं.७१ को ३२५ वर्गमिटर, कित्त नं.३ को १२७३.८ वर्गमिटर, कित्ता नं. १८६ को १०३.४ वर्गमिटर र कित्ता नं. १४३ को ८६.१० वर्गमिटर २०७३-११-१२ गते मालपोत कार्यालय पर्साको मुकेश राजभण्डारीको नाममा नामसारी गरेको थियो । पछि यो घटना किर्ते जालसाज ठहर भएको थियो । मालपोत कार्यालय समेतले अनुसन्धान गर्दा वडा कार्यालयको सिफारिश देखि नाता प्रमाणित नागरिकता प्रमाणपत्र अस्ट्रेलिया स्थित नेपाली दूतावासमा भएको मन्जुरीनामा लगायत सम्पुर्ण कागजपत्र नक्कली भएको पुष्टि भएको छ ।

Leave A Reply

Your email address will not be published.