Ultimate magazine theme for WordPress.

चोरीको सुमो गाडी बरामद

136

बारा, ३ पुष ÷ भारतबाट चोरी गरी नेपाल भित्रयाएको भारतीय सुमो नेपाल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चोरी गरी नेपाल भित्रयाएको भारतीय नम्बरको सुमो बरामद गरेको हो ।
भारतीय सुमो नेपाली नम्बर प्रयोग गरी चलाउदै आएको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिकाको बरेवाबाट बरामद गर्न सफल भएको बारा प्रहरीले जनाएको छ । आज बिहान करिब ५ बजेको समयमा सूचना आउनसाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेको भारतीय सुमो बरामद गरेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उहाले गाडी भित्र रहेको बिलबुकको आधारमा भारतीय गाडी रहेको र नेपाली नम्बर प्रयोग गर्दै चलाएको आधारमा पक्राउ गरिएको बताउनु भयो । बरामद भएको भारतीय सुमो अवाश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.