Ultimate magazine theme for WordPress.

चुनाब चिन्ह पाए राष्ट्रिय जनता पार्टीे निर्बाचनमा सहभागी हुने

115

काठमाडौं- जेठ १२ : आन्दोलनरत राष्ट्रिय जनता पार्टी दोस्रो चरणको स्थानीय तहको निर्बाचनमा सहभागी हुने भएको छ तर उसले निर्बाचनमा सहभागी हुन सर्त अघि सारेको छ । हिजो मधेस केन्द्रित प्रमुख तीन दल बीचको छलफलमा राजपा नेता महन्थ ठाकुरको भनाई उदृत गर्दे सहभागी एक नेताले बताएका छन ।

ठाकुरले राजपालाई चुनाब चिन्ह प्रदान गरे चुनाबमा सहभागी हुने ढोका खुल्ने बताएका थिए । राजपालाई निर्बाचन आयोगले चुनाब चिन्ह अझै प्रदान गरेको छैन हामी पुरानै चिन्हमा चुनाबमा जान सक्दैनौ यसकारण तपाईहरुले यस बिषयमा पहल गरिदिनुपर्यो ठाकुरले सहभागी नेतालाई गुनासो गरेका थिए ।

हामी निर्बाचन बिरोधी होइनौ तर सरकारले बातावरण बनाएको छैन यस्तो अबस्थामा हामी चुनाबमा जान सक्दैनौ ठाकुरको भनाई थियो । ठाकुरले राजपाको बटम लाइन संबिधान संशोधन भएकोले संबिधान संशोधन बिना निर्बाचनमा जाने बिषयमा सोच्न पनि नसकिने प्रतिक्रया समेत दिएका थिए ।

जवाफमा नेताहरुले सो बिषयमा सरकार र निर्बाचन आयोगसँग छलफल गर्ने आश्वासन दिएका थिए । दोस्रो चरणको स्थानीय तहको निर्बाचनमा तालमेल सहित सहभागी हुने बिषयमा राजपा, संघीय समाजबादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका शिर्ष नेता बीच छलफल भएको हो । छलफलमा उपेन्द्र यादब, बिजय कुमार गच्छदार, महन्थ ठाकुर लगायतका नेताको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.