Ultimate magazine theme for WordPress.

चल्ला तस्करी कायमै, सशस्त्र प्रहरीले बरामद गरयो भारतीय नम्बर मो.सा. सहित ६ हजार चल्ला बरामद

106

पर्सा, १२ पुष ÷ नेपाल र भारतको सीमा नाका हु“दै चल्ला तस्करी कायमै रहेको छ । सीमा सुरक्षाको साथ साथै शान्ति सुरक्षाको निम्ति खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा चल्ला तस्करी तिब्र रुपले बढेको हो ।
आइतवार बिहान करिब ५ बजेको समयमा पर्सा जिल्लाको सीमा नाका हु“दै अवैध तरिकाले नेपाल भित्रिएको कुखुराको चल्ला बिन्दवासनी नजिकैबाट सशस्त्र प्रहरीले बरामद गरेको थियो । दुई वटा भारतीय नम्बर मोटरसाइकलमा अवैध तरिकाले नेपाल भित्रिएको कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण र बोर्डर आउट पोष्ट अलौबाट खटिएको संयुक्त टोलीले बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । दुई वटा भारतीय मोटरसाइकलमा करिब ६ हजार चल्ला बरामद भएको सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीले जानकारी दिनुभयो ।
बोर्डर आउट पोष्ट अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीका अनुसार आज बिहान करिब ४ बजेको समयमा सूचना आउनसाथ खटिएको सशस्त्र प्रहरीको टोलीले बिन्दवासनी नजिकैबाट नियन्त्रणमा लिन सफल भएको बताए । उहाले बरामद गरिएको चल्ला पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय समाजसेवी र स्थानीय पत्रकारको रोहबरमा नष्ट गरिएको र बरामद गरेको भारतीय मोटरसाइकल अवाश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय बुझाउने तयारी गरिरहेको बताउनु भयो ।
यता तराईमा बढदै गएको हुस्सुको कारण सीमा नाकाहरुमा भारतीय चल्ला तस्करहरु सक्रिय भएको देखिन्छ । हुस्सुका कारण कसैलाई जानकारी नहुने सोचले तस्करहरु साइकल र मोटरसाइकलको माध्यमले चल्लाको तस्करी सुचारु गरेका छन । भारतबाट अवैध तरिकाले भित्रिएको चल्ला नेपाली ह्याचरीकै माध्यमले नेपालको बिभिन्न ठाउहरुमा पु¥याउने गरेको रहस्य खुलेको छ । चल्ला तस्करहरु अवैध तरिकाले नेपाल भित्रयाउन सफल हुने गरेको र पिकअपको माध्यमले नेपालको बिभिन्न ठाउहरुमा ह्याचरीकै बिल काटी पुरयाउने गरेको श्रोतले दावी गरेको छ । उनका अनुसार पर्सा जिल्लाको बिभिन्न ह्याचरी र फर्मको नामले बिल काटेर मुलुकको बिभिन्न ठाउहरुमा पुरयाउने गरेको बताए ।

Leave A Reply

Your email address will not be published.