Ultimate magazine theme for WordPress.

चर्चित र्‍यापर यम बुद्धको लण्डनमा रहस्यमय मृत्यु

52

प्रजय शुक्ल लण्डन, माघ २  : यम बुद्ध भनेर चिनिने २९ वर्षीय चर्चित र्‍याप गायक अनिल अधिकारीको लण्डनमा रहस्यमय मृत्यु भएको छ। मोरङ घर भएका अधिकारी लण्डन साउथ हयारोस्थित आफ्नै घरको बाथरुममा शनिवार बिहान मृत अवस्थामा फेला परेका हुन्।

पारिवारिक स्रोतका अनुसार बेलुकी कामबाट फर्केर सुतेका उनी बिहान मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्य कसरी भयो भनेबारे पोष्टमार्टमको रिर्पोटपछि मात्र थाहा हुने बताइएको छ। उनको शवको पोष्टमार्टम बुधवार हुने कुरा पारिवारिक स्रोतले जनाएको छ। उनी श्रीमतीका साथ लण्डन बस्दै आएका थिए।

अधिकारीको नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउने जानकारी फेसबुकमा उनले तीन दिन अगाडि मात्र पोष्ट गरेका थिए। उनका फुटपाथ मेरो घर, साथी, आमा, मेरो जुत्तामा, आउँदैछु म, नाचन, लगायत कयौं गीतहरु हिट छन्। उनले आवरण म्यूजिक भिडियोमा प्रियंका कार्कीसँग गीत समेत गाएका थिए।

Leave A Reply

Your email address will not be published.