Ultimate magazine theme for WordPress.

चटयाङ्गले मृत्यु तथा घाइते भएकाहरूको घरमा मन्त्री सोनल पुग्दा…

490

उमेश दुबे
बारा, २० असार / बाराको फेटा गाउपालिका वडा नम्बर १ त्रिवेणि टोलमा चटयाङ्ग लागेर २ जनाको मृत्यु भएको खवर पाउनसाथ प्रदेश नम्बर २ को भौतिक तथा यातायात मन्त्री जितेन्द्र सोनल मृतक र घाइतेको घरमा पुगेका छन । बिहिबार बिहान चट्याङ्गबाट घाइते तथा मृत्यु हुनेहरूको घरमा आज मन्त्री सोनल पुग्दा गाउ नै हर्सित भएका थिए ।
देशमा बिनास्कारी हावाहुरी, भुकम्प लगायत चटयाङ्ग खसेर मृत्यु समेत हुने बेला मन्त्री सोनल आफ्नो कार्यक्षेत्रका जनतालाई नबिर्सेको यहि घटनाले प्रष्ट पार्दछ । स्थानीयका अनुसार सुखको समयमा सबै नेता आफ्नो गाउमा घरदैलो कार्यक्रम मात्र गर्न आउने गरेको तर मन्त्री सोनल आफू लगायत आफ्नो गाउँ समेत शोकमग्न भएको बेला मन्त्री सोनल आइ पुग्दा हर्सित भएको महसूस गरे ।
नेता आफ्नो लागि मात्र नभइ आफ्नो क्षेत्रका जनताको लागि हुनुपर्दछ तर अधिकान्स नेता मात्र चुनावको बेला आउने गरेतापनी मन्त्री सोनल निस्वार्थ भावनाले आफ्नो गाउघरमा आउदा खुसी भएको महसूस गर्न थाले । यस्तो महामारीको समयमा पनि आफ्नो अमुल्य समय जनता प्रती दिएकोमा मन्त्री सोनललाई आफ्नो क्षेत्रको हिरो राखी राख्ने स्थानीयले प्रतिवधता जाहेर गरे ।

Leave A Reply

Your email address will not be published.