Ultimate magazine theme for WordPress.

घुसको रकममा सशस्त्र प्रहरी बलका दुई जवान निलम्बित

310

उमेश दुबे
बारा, २३ मन्सिर / घुसको रकम खाए पश्चात् सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ का डिआइजी राजु अर्यालले आज दुई जना सशस्त्र प्रहरी जवानलाइ निलम्बित गरेका छन । बाराको बोर्डर आउट पोस्ट कवहिगोठमा कार्यरत दुई जना सशस्त्र प्रहरी जवान घुस लिएको आरोपमा निलम्बितमा परेका हुन ।
विश्वकै एतिहासिक गढिमाइको पूजा आजा गर्न आउने भारतिय नागरिकबाट रकम असुलि गर्दा डिआइजी राजु अर्यालले दुई जना जवानलाइ निलम्बन गरेका हुन । गढिमाइ मेला आउने भारतिय नागरिकबाट इन्ट्रीको नाममा ५ हजार घुस लिए बापत डिआइजी अर्यालले आज घुस लिने दुई जना जवानलाइ निलम्बन गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
नेपाल र भारत सीमा स्थित रहेको बोर्डर आउट पोस्ट कवहिगोठमा कार्यरत सशस्त्र प्रहरी जवान प्रसाद सापकोटा र सशस्त्र प्रहरी जवान बिश्णु पोख्रेल निलम्बितमा परेको जनाइएको छ । सशस्त्र प्रहरी बलको नीति निर्देशन बिपरित कार्य गर्ने जोकोहीलाई नछोडिने डिआइजी आर्यालले बताउनु भएको छ । गढिमाइ दर्शन गर्न आउने दर्शनार्थी सङ्ग इन्ट्रीको नाममा घुस लिएकोले निलम्बन गरिएको डिआइजी अर्यालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.