Ultimate magazine theme for WordPress.

गढीमाई मेला मन्सिरमा लाग्ने, १७ र १८ गते बलि चढाइने

17,185

उमेश दुबे
बारा, ३० आश्विन ÷ बिश्वमै सबै भन्दा ठूलो तथा सबै भन्दा बढी बलि चढाइने गढीमाई मेला मन्सिरमा लाग्ने भएको छ । पाच बर्षिय मेलाको रुपमा मानिने गढीमाई मेलामा केही क्रिश्चयन धर्मले भाडन खोजेपनि फरक नपर्ने गढीमाई मन्दिरको मुल पुजारी मंगल चौधरी थारुले बताएका हुन ।
बाराको महागढीमाई नगरपालिका स्थित स्थापना रहेको गढीमाई मन्दिर बिश्वमै प्रसिद्ध रहेको मन्दिर मध्ये एक मानिन्छ । गढीमाई मन्दिरको मुल पुजारी मंगल चौधरी थारुले यस अनलाइन संग कुरा गर्दै करिब ५ सय बर्ष पहिला स्थापना भएको गढीमाई मन्दिरको पूजा आफै बति प्रज्वलित भए पश्चात शुरु हुने बताएका छन् । बति प्रज्वलित भए पश्चात तान्त्रिक पूजा गरी मेलाको शुरुवात हुने गरेको पूजारी थारुले बताएका हुन । तान्त्रिक पूजामा मान्छेको रगत दिए पश्चात मेला शुरु हुने गरेको मुल पूजारी मंगल चौधरी थारुले बताएका छन् ।
गढीमाईको मेलामा करोडौको जनसंख्यामा भक्तजनहरु आउने गर्दछन । नेपाल, भारत लगायत देश बिदेश समेतको भक्तजनहरु दर्शन गर्न आउने गर्दछन । गढीमाईको पूजा गरे पश्चात आफ्नो मनोकामना पूरा हुने बिश्वास लिएका करोडौ भक्तजनहरुले गढीमाईको मन्दिरमा आउने गर्दछन । बिश्वमै सबै भन्दा बढी बलि चढाइने गढीमाई मेलामा बोका, सुंगुर, जंगली मुसा, कुखुरा, परेवा लगायत हासको अण्डालाई समेत पूजा गर्ने गरेको पुजारी थारुले बताए । परम्परा अनुसार मनोकामना पूरा भए पश्चात भाकलको रुपमा भक्तजनहरु लिएर आउनेलाई पूजा गर्ने गरेको बताए ।
गढीमाईको पूजा भाड्नको निम्ति केही क्रिश्चन धर्मावलम्बीहरुले लागि परेको समेत पुजारी थारुले बताएका छन् । केही क्रिश्चयन धर्मावलम्बीहरुले समाजिक संजाल मार्फत भाडन खोजेको बताउनु भयो । हिन्दुहरुको परम्परा अनुसार चल्दै आएको बलि प्रथालाई रोक्न क्रिश्चन धर्मावलम्बी लागेपनि केही फरक नपर्ने बताएका छन् ।
करिब ५ सय बर्ष पूरानो स्थापना र शुरु भएको गढीमाईको मेलामा सबै भन्दा बढी रांगाको बलि चढाइने गर्दछ । करोडौ भक्तजनहरुले गढीमाई मन्दिर माथिको आस्था र बिश्वास लिएर भाकल गर्ने गरेको र बलि चढाउने गरेको बताइन्छ । मंसिर १ गतेदेखी गढीमाई मेला शुरु हुने र १७ तथा १८ गते बलि चढाइने पुजारी मंगल चौधरी थारुले बताएका छन ।

Leave A Reply

Your email address will not be published.