Ultimate magazine theme for WordPress.

खुल्ला दिशामुक्त कार्यक्रममा स्थानियले गरे बिरोध प्रदर्शन

313

पर्सा, २७ भाद्र / दिशामुक्त क्षेत्र घोषणा गर्नु अघि केही वयवस्था नै नगरी आयोजना गरिएको कार्यक्रमको स्थानियले बिरोध गरेका छन । पर्सा जिल्लाको बिन्दवासनी गाउपालिकामा आयोजना भएको खुल्ला दिशामुक्त कार्यक्रममा स्थानियले बिरोध गरेका हुन । ।
पर्सा जिल्लाको बिन्दवासनी गाउपालिकाका प्रमुखले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नु अघि कहि कतै शौचालयकै ब्यवस्था नगरी आयोजना गरिएको कार्यक्रमलाई बिरोध गरेको स्थानियहरूको आरोप रहेको छ । बिन्दवासनी गाउपालिका वडा नम्बर १, २ र ३ को वडाहरूमा शौचालय बनाउने रिङ्ग नै बितरण नगरी कागजी प्रक्रियामा मात्र बितरण गरेको आरोप स्थानियको रहेको छ ।
३ वटा वडामा करीब ७० घरधुरी भएका गरिब असहायलाइ शौचालय बनाउने रिङ्ग बितरण नगरिएको स्थानियले बताएका छन । कार्यक्रममा समाचार सङ्गकलन गर्न गएका यस टेलिभिजनका सहकर्मी समक्ष आफ्नो दुखेसो पोख्दै स्थानियले बिन्दवासनी गाउपालिकाको तिनवटै वडामा किन सम्पूर्ण वडालाई खुल्ला दिशामुक्त क्षेत्र गर्न जरुरी छ तर भौतिक सनरचना नभएकै बेला खुल्ला दिशामुक्त क्षेत्र गर्नु उचित नरहेको बताए । कागजी प्रक्रिया पुर्याइ एकलौटी रूपले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुलाई आफूहरूले स्विकार नगरिने स्थानियले बताएका छन ।
खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा स्थानियले बिरोध गर्दा शान्ती सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाइ समेत चुनौतीको बिषय बनेको थियो । स्थानियले बिरोध गरेपनी सुरक्षाको बिचमा वडा नम्बर १,२ र ३ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.