Ultimate magazine theme for WordPress.

खानेपानीको लापरवाही र महानगरको मौन धारणले यात्रुहरुलाई सास्ती

65

पर्सा, १९ माघ / मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंज वडा नम्बर १५ प्रतिमा चौक स्थित ट्रयाक्टर पल्टिदा यात्रुहरुलाई सास्ती खेप्नु परेको थियो । खाने पानी योजना अन्तर्गत निर्माण गरिएको पाइप फुटेर सडक छेउ छाउमा जम्मा भएको पानीको कारण ट्रयाक्टर पल्टिन गएको स्थानीयहरु बताउछन ।
पर्साको ग्रमिण भेगबाट ना ४ त ५६९४ नम्बरको ट्रयाक्टरमा उखु लोड गरी बाराको रिलायन्स सुगर मिलमा जान लागेको अवस्थामा पल्टिन गएको स्थानीयवासीहरु बताउछन । वीरगंज महानगरपालिकाको सडकमा खानेपानीले आफ्नो योजनाको काम पुरा गरेपनि पुनः सडक निर्माण नहुदा यात्रीहरुमा समस्या उत्पन्न भएको बताइन्छ । पानी जामका कारण मोटरसाइकल, साइकलका साथै ट्रयाक्टरको समेत दुर्घटनामा वृद्धि भएको स्थानीय बताउछन ।
बुधवार अपरान्ह पल्टिएको ट्रयाक्टरका कारण यात्रुहरुमा समस्या हुनुको साथै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको स्थानीय पसल संचालक रबिकान्तले जानकारी दिए । यस अनलाइन संग कुरा गर्दै उहाले विकासको नाममा सडक किनारमा गरिने योजनाहरु अलपत्र छोडेर जाने गरेको कारण यस्ता कृयाकलाप दोहोरिने गरेको बताए । जति दोषी खाने पानी कार्यालय छ, उतिकै दोषी महानगरपालिका समेत रहेको उनले औल्याए ।
वीरगंज महानगरपालिका कार्यालयको ध्यान मात्र गहवामाई परिसरमा हुने गरेको तर प्रतिमा चौकको सडक, पावर हाउस चौकको सडकमा ध्यान केन्द्रित नहुने गरेको अर्का स्थानीय प्रविणले दुखेसो पोखे । यातायात कार्यालय अगाडी प्रति दिन लाग्ने भिडका साथै ट्राफिक समस्यामा समेत ध्यान महानगरले नपुरयाएकै कारण दुर्घटनाको जोखिम बढेको, उनले आरोप लगाए । महानगरको काम मात्र बजारमै सिमित हुने गरेको कारण वडा नम्बर १३, १५ लगायत श्रीपुर, राधेमाई, लक्ष्मणवा, पिपरा, बहुअरी लगायतका स्थानीयहरु उदासिन बनेका छन ।
यस बिषयमा वीरगंज महानगरपालिका कार्यालयका नगर प्रमुख राजेशमान सिंह संग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न भने वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवले प्रतिमा चौकमा दिनहु लाग्ने पानी जामको समस्या जुटेको र खानेपानी कार्यालय संग सहकार्य गरी छिट्टै निराकरण गर्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.