Ultimate magazine theme for WordPress.

क्राइम टोलि प्राइस टोलिमा परिणत, पर्सा जिल्लाको सीमाबाट निर्वाध तस्करी

308

पर्सा, ३१ भदौ / जिल्ला प्रहरी कार्यालय पर्साको मातहातमा खटिने बिशेस टोलिको रूपमा क्राइम टोलि परिचालन भएपनि हालको कार्य प्रगति हेर्दा प्राइस टोलिको रूपमा रूपान्तरण भएको बुझिन्छ । क्राइम टोलि अर्थात अपराध अनुसन्धानको नाममा खटिने शादा पोशाकबाट्टै तस्करीको रकम उठन थालेपछि प्राइस टोलिको रूपमा रूपान्तरण भएको अभास हुन थालिएको हो । हिन्दुहरूको महान चाड पर्व नजिक्दै जादा अहिलेदेखि नै अपराध अनुसन्धान शाखाका कर्मचारीलाइ दशै लागेको प्रष्ट नै बुझन सकिन्छ । सीमा नाकाबाट हुने अबैध क्रियाकलापबाट रकम उठाउनकै निम्ति अपराध अनुसन्धान शाखाका कर्मचारी तस्करका मुख्य नाइकेहरू सङ्ग रकम उठाउन तल्लीन रहेको देखिन्छन । दशै खर्चका साथ साथै तस्करी गर्ने गिरोहका मुख्य नाइकेहरू सङ्ग रकम उठाउनमै ब्यस्त रहेको एक अडियो क्लिपबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको बिश्वासिला पात्रको रूपमा मानिने प्रहरी निरीक्षक प्रज्वल थपलियालाइ अपराध अनुसन्धान शाखाको जिम्मेवारी दिएको ब्यापक रूपमा चर्चाको बिषय बनेको छ । जसका कारण सीमाबाट हुने अबैध क्रियाकलापका साथै बिभिन्न मुद्दामा पक्राउ पर्ने ब्यक्तिहरू सङ्ग लाखौ रकम असुल हुने गरेको उहाकै प्रहरी श्रोत बताउछन । श्रोतका अनुसार अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक थपलिया र प्रहरी उपरीक्षक रमेश बस्नेतको कुरो मिले पश्चात तस्करीको लाइन दिनुको साथै मुद्दामा रकम लिने गरेको, उनले दाबि गरे । सीमबाट हुने अबैध क्रियाकलापबाट रकम असुल गर्न दुइ जना प्रहरीलाइ सादा पोशाकमै परिचालन गरिएको छ । प्रहरी जवान लालबाबु साह र प्रहरी जवान फिरोज अन्सारीलाइ तस्करीको रकम उठाउन जिम्मेवारी नै दिएको श्रोत बताउछन । एक जना उच्च अधिकारीका अनुसार ठुला बडा तस्करका मुख्य नाइकेहरू जिल्लामै पुगि भेट चढाउने गरेको र स-साना तस्कर, द्वय जवानलाइ रकम दिने गरेको बताए । सीमाबाट तस्करी बढनुको साथै बिरगंज शहरमा दिनहु चोरीको क्रम समेत बढेको पाइन्छ । अपराध अनुसन्धान शाखाका कर्मचारीले अपराधी गतिविधिमा कम, रकम उठाउनमा बढि चासो देखाएकै कारण चोर गिरोहको बिगबिगी बढेको, स्थानीय बताउछन । क्राइम शाखाका कर्मचारी तस्करीका समाग्री निकाल्नमा ब्यस्त हुन्छन तर बजारमा चोरीको क्रम बढेको हुन्छ, भन्दै स्थानीयले दुखेसो पोखे । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका प्रहरी उपरीक्षक रमेश बस्नेतका कारण अपराध अनुसन्धान शाखाका कर्मचारीले आफ्नो काम इमान्दारीता पूर्वक नगरेको, स्थानीयले आरोप लगाए । स्थानीयका अनुसार चोर गिरोहलाइ पक्राउ गरिन नसक्नुले पर्सा प्रहरीको इमान्दारीता यस्तै प्रष्ट भएको, उनले बताए । यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरिले अबैध तरिकाले भित्रिने मालसमानहरू पक्राउ गर्ने गरेको दाबि गरे । सीमाबाट हुने अबैध कृयाकलापको बिषयमा झन शस्क्त रूपमा लाग्ने बताउदै, तस्कर र प्रहरी बिच साटघाट गर्ने प्रहरीको बारेमा समेत सोधपुछ गरेर कानूनि दायरामा ल्याउने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.