Ultimate magazine theme for WordPress.

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

74

मंसिर ११, २०७३ क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा आज निधन भएको छ ।

क्युवाको सरकारी र राज्य टेलिभिजनले क्यास्ट्रोको मृत्युको औपचारिक जानकारी गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । क्युवाको कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण भुमिका खेलेका क्यास्ट्रोले क्युवालाई आधा शताब्दी नेतृत्व गर्नुभएको थियो । उहाँले क्युवालाई कम्युनिष्ट राज्यको रुपमा स्थापित गर्दा अमेरिका लगायत बिश्वका शक्तिसम्पन्न राष्ट्र र क्युवाकै बिपक्षी दलले उहाँको ब्यापक आलोचना गरेका थिए । सन् १९५९ देखी २००८ सम्म क्युवालाई नेतृत्व दिनुभएका क्यास्ट्रो प्रधानमन्त्री बनेपछि अमेरिकाको कटु आलोचक बन्नुभएको थियो । स्वास्थ्य अबस्था कमजोर बनेपछि उहाँले भाई राहुल क्यास्ट्रोलाई जिम्मेबारी सुम्पदंै सक्रिय राजनितीबाट सन् २००८ मा बिदा लिनुभएको थियो । उहाँ सन् १९५९ देखी १९७६ सम्म क्युवाको कार्यकारी प्रधानमन्त्री र ७६ पछि २००८ सम्म राष्ट्रपतिको रुपमा रहनुभएको थियो । उहाँले गत अप्रिलमा कम्युनिष्ट पार्टीको सभालाई अन्तिम पटक सम्बोधन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.