Ultimate magazine theme for WordPress.

कोरोना कहरको समयमा विद्युत महसुल मात्र २५ प्रतिशत छुट, छुटको नाममा भ्रष्टाचार भएको उपभोक्ताको आरोप

174

उमेश दुबे
पर्सा, ४ असार ÷ देश लगायत बिश्वभरी फैलिएको कोरोना कहरको समयमा बिद्युत प्राधिकरण कार्यालय पर्सा शाखाले बिद्युत महसुल मात्र २५ प्रतिशत छुट गरेको छ । कोरोना भाइरस फैलिरहेको अवस्थामा पनि उपभोक्तालाई मात्र २५ प्रतिशत छुट दिइएको हो ।
लक डाउनको समयमा २५ प्रतिशत बिद्युत महसुल छुट दिने सरकारले निर्णय गरेको बिद्युत प्राधिकरण पर्सा शाखाका केन्द्रिय प्रमुख ईन्जिनीयर कुशियैत यादवले बताउनु भयो । उहाले ३ महिनादेखी २५ प्रतिशत छुट गरी महसुल बुझिरहेको बताउनु भयो । यस्तो महामारीको समयमा पनि नेपाल सरकारले निर्णय गरे बमोजिम आफुहरु कार्य गर्दै आएको ठोकुवा गर्नुभयो । बिद्युत प्राधिकरण पर्सा शाखाका केन्द्रिय प्रमुख ईन्जिनीयर कुशियैत यादवका अनुसार असार ६ गतेसम्म छुटको व्यवस्था गरिएको र त्यस पश्चात छुट नदिइने समेत बताउनु भयो । उहाले लक डाउन अवधिमा मिटर रिडिङ नभएको कारण फोटो खिचेर पठाउने उपभोक्तालाई छुटको व्यवस्था गरिएको र फोटो खिचेर नपठाउने उपभोक्तालाई पुरानै मिटर रिडिङको अधारमा महसुल लाग्ने समेत बताउनु भयो ।
यता लक डाउनको समयमा बेरोजगार भएकाहरु खान समेत समस्या भएको बेला २५ प्रतिशत मात्र बिद्युत महसुलमा छुट गर्नुको कुनै औचित्य नरहेको उपभोक्ताहरु बताउछन । आर्थिक अभावमा समेत समय बितिरहेको समयमा बिद्युत महसुल शतप्रतिशत छुट दिनुको साटो २५ प्रतिशत मात्र छुट दिनुको कुनै औचित्य नरहेको उपभोक्ताहरु आफ्नो गुनासो पोखे । २५ प्रतिशत छुटले उपभोक्तालाई राहत नहुने बताएका छन् ।
शतप्रतिशत महसुल छुट गर्ने बेलामा नेपाल सरकारले २५ प्रतिशत मात्र बिद्युत महसुल छुट गरेको प्रति स्थानीय उपभोक्ताहरु मारमा परेका छन् । यस्तो महामारीको समयमा खानलाई समेत समस्या भएको बेला नेपाल सरकारले गरेको यस्तो निर्णय दुखदायी रहेको स्थानीय उपभोक्ताहरु बताउछन । उपभोक्ताहरुले आफु २ महिना घरमै नबसी गाउघर गएको र आउदा २५ प्रतिशत समेत छुटको व्यवस्था नरहेकोले आफुहरु मारमा परेको दुखेसो पोख्नु भयो । नेपाल सरकारले गरेको एक्लौटी निर्णय जनताको लागि नभई नेपाल सरकारको लागि भएको समेत स्थानीय उपभोक्ताहरुले आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.