Ultimate magazine theme for WordPress.

किन गए उपेन्द्र दिल्ली ?

29

काठमाडौं, चैत  : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । यादव हिजो बेलुका नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
भारतको बनारसमा अवस्थित काशी हिन्दू विश्वविद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन फोरम अध्यक्ष यादव नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

हिन्दू विश्वविद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको ‘दक्षिण एसियाको सन्दर्भमाः संवैधानिक विकास’ नामक कार्यक्रममा प्रमुख वक्ताको रूपमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेको कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

केही दिनको दिल्ली बसाइका क्रममा यादवले अन्य महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.