Ultimate magazine theme for WordPress.

काठमाडौँको कुलेश्वरमा अागलागी, तीन करोडको क्षति

87

कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब रू तीन करोड २२ लाखको क्षति भएको छ। कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगलागीबाट २७ वटा सटर जलेका छन् । सो बस्तीका घरवेटी ब्रम्ह् महर्जनले सटर बनाइ भाडामा सञ्चालन गरेका थिए । उक्त बजारमा १२ जनाले विभिन्न पसल सञ्चालन गरेका थिए ।

त्यस क्षेत्रमा खाद्यान्न्न, चमेना गृह, टेलरिङ, मासु, तरकारीजन्य पसल सञ्चालन गरिएको थियो । त्यहाँका केही पसल पूर्णरुपमा तथा केही आंशिक क्षति पाइएको छ।

वृत्तका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले कस्मेटिक पसलबाट सुरु भएको आगो अन्य पसलमा समेत सल्किएको जानकारी दिँदै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए।

सुरक्षाकर्मी, दमकल, स्थानीयवासीलगायतको सहयोगमा आगलागी करिब राति १०.३० बजे नियन्त्रणमा लिइएको थियो। रासस

Leave A Reply

Your email address will not be published.