Ultimate magazine theme for WordPress.

काँग्रेसका बुथ कमिटी सचिव कर्ण सहित १२५ जना फोरम नेपालमा प्रवेश वीरगन्ज

150

वीरगन्ज, १७ जेठ : पर्साको बेल्वा गाउपालिकाको चोर्नी परसवामा आज संघीय समाजवादी फोरम नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका बुथ कमिटी सचिव बर्मानन्दलाल कर्ण , काँग्रेस बुथ कमटिी सदस्य शम्शेद आलम बुच्ची , काँग्रेसकै असर्फी ठाकुर , श्याम राम , एमालेका रामरुप मण्डल सहित एक सय २५ जना पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका छन् ।

फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको प्रमुख आतिथ्यता एंव वडा कमिटीका अध्यक्ष सन्तोष प्रसाद कलवारको अध्यक्षतामा भएको कार्यक्रममा नेता मुखदेव पन्जियार, जिल्ला सदस्य दिपेन्द्र यादव , क्षेत्रीय अध्यक्ष बासुदेव यादव लगायतको उपस्थिती रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.