Ultimate magazine theme for WordPress.

काँग्रेसका पुर्व गाविस अध्यक्ष पुरेन्द्र राउत थारु द्वारा फोरम नेपालमा प्रवेशको घोषणा

64

वीरगन्ज, १५ जेठ : पर्साको साविकको पटेर्वासुगौली गाविसका पुर्व अध्यक्ष एंव नेपाली काँग्रेसका स्थानीय नेता पुरेन्द्र राउत थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विश्वनाथ थारु पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने हुनु भएको छ ।

वीरगन्जमा रहेको फोरम नेपाल पर्सा जिल्ला कार्य समितिको  कार्यालयमा आज आयोजित कार्यक्रममा दुवैले फोरम नेपालमा प्रवेश गर्ने  घोषणा गर्नु भएको हो । काँग्रेस र राप्रपा दुवै दलले मधेसी, आदीवासी ,थारू र जनजातिको भावना र चाहनालाइ समेट्न नसकेको भन्दै दुवै जनाले आज विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भएको हो ।

फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा भएको कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला सदस्य राम बढाइ यादव लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.