Ultimate magazine theme for WordPress.

कवाडको तस्करी गर्न मासिक ३० लाख प्रहरी प्रशासनलाई दिएको श्रोतको दाबी

314

पर्सा, १६ श्रावण / पर्साको ग्रामिण भेगमा पर्ने भिस्वा नाका हुँदै व्यापक रूपमा तस्करीको कार्य तिब्र रूपले अगाडी बढेको पाइन्छ । सीमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मी र तस्करको मिलोमतो भए पश्चात् भिस्वा नाका हुँदै ब्यापक रूपमा तस्करीको लाइन सुचारू भएको हो ।
पर्साको भिस्वा नाकालाइ ग्रामिण भेगको प्रमुख नाकाको रूपमा समेत मानिने गरिन्छ । जहाँ प्रहरी प्रशासन माथिल्लो निकायलाइ नजराना बुझाएरै जाने गरेको कुरा चर्चाको बिषय बनेको छ । प्रहरी चौकी भिस्वा र बोर्डर आउट पोस्ट बन्जारीमा कमान्ड सम्भाल्नको लागि माथिल्लो निकायलाइ लाखौ रूपैया नजराना बुझाउनु पर्ने भएकोले उक्त नाकाबाट तस्करीको लाइन रोक्न सहज नभएको एक जना प्रहरी श्रोतले जनाएका छन । श्रोतका अनुसार प्रहरी चौकि भिस्वामा मात्र तस्कर र बिचौलियाको भोज भतेर हुने गरेको बताए । आफ्नो संगठनलाई नै खिल्ली उडाउदै प्रहरी चौकिमा दलाल, प्रहरी र तस्कर समुहको भोज भतेर एउटा अनौठो सुरक्षाको प्रत्याभूति दिलाउन जस्तै मात्र तस्करीकै गुलामीको लागि प्रहरी चौकी स्थापना गरेको बारे बुझन थालिएको बताए ।
यता एक जना अर्का सशस्त्र प्रहरी जवानका अनुसार बोर्डर आउट पोस्ट बन्जारीका कमान्डर संगठनकै प्रमुख आइजिपी शैलेन्द्र खनालको पिएको धाक धम्की दिदै मात्र तस्करीको रकममा सिमित हुने गरेको बताए । भिस्वा नाका हुँदै प्रती दिन ४ देखि ७ वटा ट्रकसम्मको कवाड भारत पुग्ने गर्दछ तर सीमामा खटिने हामी प्रहरी हाकिमको आदेशले मौन बस्नु परेको बाध्यता रहेको बताए । उहाले आफ्नै संगठनको कुरा भएकोले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा यस अनलाइन सङ्ग कुरा गर्दै संगठकै प्रमुखको नजिक भएकै कारण गणपती र बाहिनीपतिकले समेत केही गर्न नसकेको बताए । भिस्वा नाका हुँदै गणपति र बाहिनीपतिको नामले समेत रकम उठने गरेको कारण भिस्वा नाकाबाट तस्करीको लाइन बन्द नभएको बताए ।
भिस्वा नाका हुँदै दर्जनौ तस्कर कार्य गर्न सकृय रहेका छन । उक्त नाका हुँदै नूनदेखी सुनसम्मको तस्करी हुने गरेको दुइमत छैन । लागू औषध देखि खदान्य समाग्रीसम्मको तस्करी हुने गर्दछ । स्थानीय ठुला वडा तस्करको रूपमा चिनिने शशी, मुन्ना, लडु, पप्पू लगायत दर्जनौ तस्करहरू सकृय रहेका छन । तर हालको समयमा शशी भनिने तस्करको प्रति दिन ४ देखि ७ वटा ट्रकसम्म कवाड भारत पुग्ने गरेको रहस्य खुलेको छ । कवाडको तस्करी गर्न स्थानीय देखि जिल्ला प्रमुखको साथ साथै माथिल्लो निकायसम्म मासिक ३० लाख नजराना बुझाएको बारे व्यापक चर्चाको बिषय बनेको छ ।
अब अगामी दिनमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी यस्तै रवैयाले मासिक पैसा उठाउदै आफ्नो रास्ट्र सङ्ग गदारी गर्दै जाने हुन कि यस्ता माथी कारवाही हुने हो हेर्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.