Ultimate magazine theme for WordPress.

कलैया उप-महानगरपालिका देखि जिल्ला प्रशासन कार्यालयसम्म कुकुरको बिगबिगी

142

उमेश दुबे
पर्सा, ५ बैशाख / बाराको कलैया उप-माहानगरपालिका देखि जिल्ला प्रशासन कार्यालयसम्म कुकुरको बिगबिगी बढेपनी सरोकारवाला मौन रहेका छन । नागरिकता, पासपोर्ट, शान्ती सुरक्षा लगायतको जिम्मेवारी वहन गर्ने एक मात्र कार्यालय जिल्ला प्रशासन कार्यालयमा समेत कुकुरको बिगबिगी बढेपनी सरोकारवाल मौन रहेका हुन ।
भनिन्छ जसरी कार्यालय प्रमुख आउछन त्यसरी नै कार्यालय संचालन हुन्छ, तर वास्तविक कुरा तस्बिरबाट नै प्रष्ट हुन्छ । बाराका सर्वसाधारण नागरिकता, पासपोर्ट बनाउन जादा फाटमा कर्मचारी भेटन गारो हुन्छ तर कुकुर चाहिँ मज्जाले भेट हुन्छ । एक जना सर्वसाधारणका अनुसार चैत्र १७ गते आएको बिनाश्कारी हावहुरीबाट पिडितलाइ राहत बितरण गर्न, जिल्ला प्रशासन कार्यालय बारा सङ अनुमती लिनु पर्छ तर कुकुरहरूलाइ सोध्नु पर्दैन, आएर जिल्ला प्रशासन कार्यालय बाराको दर्ता चलानी फाटमा मज्जाले सुत्छन । कलैया उप-महानगरपालिका भित्र लामखुट्टे र कुकुर आतन्क बढेपनी प्रमुखहरू मौन बस्नु लाजस्पद रहेको स्थानिय सर्वसाधारण बताउछन ।
अर्का एक स्थानियका अनुसार कलैया उप-महानगरपालिका भित्र लामखुट्टे र कुकुर आतन्क बढेको बढे छ न्यूनिकरण गर्न प्रयास समेत नभएको आरोप लगाए । कलैया उप-महानगरपालिकाका प्रमुख राजेश यादवलाइ पटक पटक यस बिषयमा भनेतापनी मौन हुनु बिडम्बनाको बिषय बनेको बताए । उनले लूट कान्छा लूट नेपाल मै हो छुट सैलिमा प्रमुख यादवले ब्रम्हलूट मचाएको बताए । नगरवासी लामखुट्टे र कुकुरको आतंकले आजित भएका छन तर उप-महानगरपालिकाको मौनताले बिफल मेयरको रूपमा राजेश यादव चिन्न थालिएको बताए ।

Leave A Reply

Your email address will not be published.