Ultimate magazine theme for WordPress.

कलैया अस्पतालमा कोरोना विशेष अस्पताल निमार्ण नगर्न प्रदेश सरकारसंग माँग

267

बारा, १७ बैशाख / कलैया अस्पतालमा कोरोना विशेष अस्पताल निमार्ण नगर्न प्रदेश सरकारसंग नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाराले माँग गरेको छ । बिश्व भरी लगायत नेपालमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)का विरामीहरुको उपचारको लागि प्रदेश नं. २ सरकारले जिल्ला स्वास्थ्य कार्यालय बारा कलैया अस्पतालमा कोरोना विशेष अस्पताल निमार्ण गर्न गरेको निर्णय प्रति नेपाली काँगेस बाराको गम्भीर ध्यानाकर्षण भएको हो ।
कलैया अस्पतालमा जिल्लाको विभिन्न ठाँउबाट गरिव असहाय अति विपन्नहरुको उपचार लगायत खोप सेवा,प्रशुती सेवा संचालनमा बाधा अवरोध पुग्नुको साथै कोरोना भाइरसको जोखिम बढने भएकोले कलैया अस्पतालमा कोरोना विशेष अस्पताल निमार्ण नगर्न प्रदेश सरकारसंग जोडदार माँग गरेको बिज्ञपति मार्फत जनाइएको छ । गरिब निमुखाहरु लगायत जिल्लाको विभिन्न भेगबाट आउने विरामीहरु कोरोना पवशेष अस्पतालको सन्त्राशले उपचार गराउनबाट बचित हुने भएकोले कलैया अस्पतालको साटो अन्यत्र ठाँउमा कोरोना विशेष अस्पताल निमार्ण गर्न जोडदार माङ्ग गरेको बिज्ञप्तीमा उल्लेख छ ।
यस जिल्लामा पनि कोरोना भाइरसको सन्क्रमित व्यक्ति फेला परेकोले लक डाउनको पालना गरी समाजिक दुरी कायम राखी कोरोना भाइरसबाट आफु पनि बचन र अरुलाई पिन बचाउन नेपाली काँगेसबा नेता कार्यकर्ता भातृसंगठन शुभेच्छुक संस्था लगायत सम्पूर्ण जिल्ला वासीमा बिन्रम अनुरोध गरिएको सभापति जयचन्द्र चौरसियाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.