Ultimate magazine theme for WordPress.

एमाले पार्टीबाट मधेसीको मोहभंग भएको छ ः अध्यक्ष यादव

112
 विभिन्न पार्टी परित्यारगरी फोरम नेपालमा सयकडौ जना प्रवेश
वीरगन्ज, बैशाख ३०: काँग्रेस, एमाले र माओवादी केन्द्रल गायतका पार्टी परित्याग गरी सयकडौ नेता कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । पर्साको प्रसौनिका जेष्ठ नागरिक रामचन्द्र यादवको अध्यक्षतामा शुक्रबार अबेरराती सम्पन्न भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका एक सय ५० जना नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवशे गरेका हुन ।
    फोरम नेपाल बीरगज-२३ वडा कार्यसमिति पर्साले आयोजना गरेको कार्यक्रममा नव प्रवेशीहरुलाई पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादव, पार्टीकी केन्द्रिय सदस्य करिमा बेगम, बिजवय सरावगी लगायतका नेताहरुले फुलको माल र अविरको टिकालगाई पार्टी प्रवेश गराएका थिए ।
    पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टी परित्याग गरेका पुर्व वडा अध्यक्ष सलाउदिन अहमद, स्थानिय नेता देवनाथ पाशवान, बिजय यादव, चौठीलाल यादव,काँग्रेस परित्याग गरेका भुवन महhttp://birgunjcity.com/wp-admin/post-new.phpतो,सोनालाल ठाकुर, र माओवादी केन्द्रका नेता क्यामुदिन अंसारी,अक्षेलाल पासवान लगायत एक सय ५० जना फोरम नेपालमा प्रवेश गरेको जिल्ला कार्यसमितिले जनाएको छ ।
    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष यादवले संविधान संशोधन भएपछिमात्र स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा मधेसी जनता सहभागि हुने मन बनाएको बताउनु भयो । उहाँले संविधान सभामा दर्ता रहेको संशोधन प्रस्ताव पारितभएपछि मात्र मधेसी, आदिवासी, जनजाती,महिला,मुस्लिम र विभेदमा पारिएकाहरुको अधिकार संविधानमा समावेश हुने ठोकुवार गर्नु भयो ।
       तराईमा रहेका मधेसी जनताकोे एमाले पार्टीबाट मोहभंग भएको अध्यक्ष यादवले बताउनु भयो । उहाँले मधेसीको भोटमा दोस्रो पार्टीको रुपमा हैसियात पाएको एमालेले अधिकार दिने वेलामा मधेसी विरोधी भुमिका निर्वाहगरेको देखेपछि पार्टी प्रतिको मोहभंगभई फोरम नेपाल प्रती आक्रषण बढेको दावी गर्नुभयो। आसन्न स्थानिय तह निर्वाचनमा एमालेका उम्मेदवारको जमानत जपत गर्ने मनिस्तिीमा मधेसी जनता रहेको बताउदै अध्यक्ष यादवले मधेसीलाई अधिकार दिलाउन अग्रणि भुमिका निर्वाह गरेको फोरम नेपालमा प्रवेश गर्नेक्रम बढेको बताउनु भयो । पार्टी प्रवेश कार्यक्रमलाइ जितेन्द्र महतोले संचालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.