Ultimate magazine theme for WordPress.

एमाले नेताहरुमाथि गौरमा कालो मोसो ,बिरगंजमा एमाले नेताहरु को घरमा कडा सुरक्षा

147

बिरगंज , फागुन २३ :सप्तरीको राजविराजमा एमालेको कार्यक्रम सफल बनाउन नेपाल प्रहरीले गोली हानी तीन जना मधेशीको हत्या गरेपछि मधेशका जिल्लाहरुमा एमालेप्रति आक्रोस बढेको छ । सोमबार साँझ राजविराजमा भएको घटना पछि मधेशमा मुख्य सहरहरुमा प्रदर्शन सुरु भएको छ भने एमालेका नेताहरु निसानामा परेका छन् ।

जनकपुरधाममा प्रदर्शन सुरु भएको छ भने बीरगञ्जको मुख्य चौकहरुमा टायरबाली साँझबाट प्रदर्शन सुरु भएको मधेशी मोर्चाका नेता प्रदिप यादवले फोन मार्फत बताए ।

राजविराजमा तीन जनाको हत्या पश्चात आक्रोसित बनेका रौतहटबासीले नेकपा एमाले रौतहटका प्रचार विभाग प्रमुख मनिशंकर निधिलाई कालो मोसो दलेका छन् । समाचार श्रोतका अनुसार अन्य नेताहरुको खोजी भइरहेको छ ।

यता जनकपुरधाममा एमाले नेताहरु रघुबीर महासेठ तथा सत्यनारायण मण्डलको घर अगाडि मधेशी मोर्चाका कार्यकर्ताहरु भेला हुँदैछ । त्यस्तै, बीरगञ्जमा पनि एमाले नेताहरुको घरमा आक्रमण हुने सम्भावना रहेको छ ।

श्रोत :हुलाकी न्युज

Leave A Reply

Your email address will not be published.