Ultimate magazine theme for WordPress.

एमालेले गरेको कार्यक्रमस्थलमा मोर्चाले शोकसभा गर्ने

59
फाइल फोटो

काठमाडौँ, चैत्र २ :संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले गत फागुन २३ गते प्रहरीको गोलीबाट ज्यान गुमाउने पाँचै जनाको शोकसभा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गर्ने भएको छ ।

औद्योगिक क्षेत्रमा यसअघि एमालेले पहिलो पटक आफ्नो सभा गरेपछि मोर्चाले पनि यहि जिल्ला स्तरीय शोकसभा गर्ने जनाएको हो । आगामी चैत १३ गते औद्योगिक क्षेत्रभित्रै शोकसभा गरिने मोर्चाका जिल्ला संयोजक दिनेश यादवले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीको गोलीबाट मारिएकाहरुको सम्मानमा बुधबारदेखि १२ गते सम्म जिल्लाका प्रमुख स्थानहरु कन्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साइनसहितका स्थानहरुमा पनि शोक सभा गरिने मोर्चाले जनाएको छ ।

स्थानीय स्तरमा अन्य विरोधका कार्यक्रमहरु पुत्ला दहन, दीप प्रज्जवलन, विरोध सभा, र्यालीहरुको आयोजना गर्ने, विरोध प्रदर्शन तथा भण्डाफोर अभियानलाई जारी राख्ने निर्णय मोर्चाको मंगलबार राजविराजमा बसेको बैठकले गरेको छ ।

यस्तै मधेश आन्दोलनको शहीद परिवार तथा घाइते कोष स्थापना गर्ने निर्णय गरिएको यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.