Ultimate magazine theme for WordPress.

एन आई सी एशिया बैंकको नयाँ सुपर चमत्कारिक निक्षेप योजना शुरु

233

वीरगंज १६ भदौ ।
बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नाराका साथ आम जनसमुदायमा केन्द्रित सेवा प्रदान गर्दै आईरहेको एन आई सी एसिया बैंकले आफ्नो २२ अौं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत योजनाहरु वीरगंजमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । यस अघिको चमत्कारीक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको हो ।
सबै तह र तप्काका ग्राहक महानुभावहरुलाई उपयुक्त सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरीक बचत खाता, सुपर चमत्कारिक बाबुनानी बचत खाता, सुपर चमत्कारिक विधार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताउनु भयो । बैंकद्वारा शुरू गरिएको निक्षेप योजनाहरुमा ग्राहक महानुभावहरुले आफु तथा आफ्नो परिवारको सुरक्षार्थ रु. १ करोड ३१ लाख ५० हजार सम्मको बिमा सुविधा प्राप्त गर्न सक्नेछन । जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुको दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि रु १ करोड सम्मको बिमा सुविधा, दम्पतिको लागि २५ घातक रोगहरुको लागि रु ३० लाख सम्मको बिमा सुविधा, परिवारका लागि रु १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्नेछन । सुपर चमत्कारीक बचत योजना अन्तर्गत यस बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नेछन । साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ सुविधा प्राप्त गर्न सकिने, निःशुल्क डिम्याट खाता, निःशुल्क ई कमर्श एक्टिभेसन ,निःशुल्क लकर सुविधा,अनलाइन मुद्दति खाताको सुविधा, निःशुल्क क्रेडिट कार्ड लगायतका सुविधा यस योजनाले समेटेको बैंकले सार्वजनिक गरेको छ । निक्षेप योजनाहरुमा उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक Sweep In – Sweep Out को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु समेत पाइने, सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग र तप्कालाई फाइदा पुग्ने बैंकद्वारा अायोजित पत्रकार सम्मेलनमा बताईएको छ ।
बैंकको मुलुकभर २९७ शाखा कार्यालहरु, ३४६ एटिएम, ५८ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ मार्फत बैंकिग सेवा प्रदान गर्दै आएको एन अाई सी एशिया बैंकले प्रदेश नं. २ मा ४३ वटा शाखा मार्फत उत्कृष्ट सेवा दिरहेको समेत अाज वीरगंजमा अायोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
बिहिबार भएको पत्रकार सम्मेलनमा बैंकका प्रदेश नम्बर २ का उपप्रमुख मनु शर्मा, बारा, पर्सा क्षेत्रीय उपप्रमुख बेलाल अहमद, अादर्शनगर शाखाकी प्रबन्धक पुजा खेतान, लिंकरोड शाखाका प्रबन्धक हाशिम मंसुर, कलैया शाखाका प्रबन्धक अमृत राणा, जनसम्पर्क अधिकृतद्वय ईन्द्रा अग्रवाल, अमित हरलालका लगायत संचारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.