Ultimate magazine theme for WordPress.

एनएमबि बैंकद्वारा सहारा बचत खातामा स्वास्थ्य बिमादाबी भुक्तानी

286

पर्सा, ४ चैत ÷ एनएमबि बैंकको विरगंज शाखामा एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आउनु भएका प्रकाश मान श्रेष्ठको बोन म्यारो प्रत्यारोपण गरेकोमा बिमितले पाउने ४ लाख ३६ हजार ३ सय ३५ रुपैय“ा निजलाई हस्तान्तरण गरिएको छ । बैंकका प्रदेश २ प्रमुख राजेश तिम्सिना र विरगंज शाखा प्रमुख दिपेन्द्र मिश्रले संयुक्त रुपमा श्रेष्ठलाई स्वास्थ्य बिमावापतको रकम हस्तान्तरण गरेका हुन् ।
बैंकको उक्त खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पह“ुच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु¥याउदै आईरहेको हो ।
एनएमबी बैंकले हाल देशभरि १६४ शाखा, १३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरू, ३००३ क्यूआर र ३५८ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । प्रदेश नं. २ मा हाल १७ वटा शाखा मार्फत बैंकिक सेवा पुरयाउदै आएको यस बैंकले निकट भविष्यमै यस प्रदेशको कलैया, जितपुर सिमरा, मलंगवा, गरुडा लगायतका प्रमुख बजार पनि शाखा स्थापना गर्दैछ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान प्राप्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.